ओलीले बोलाएको संवैधानिक परिषद बैठकमा देउवा सहभागी नहुने


विचार
आयाेमेल संवाददाता
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन

आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट पारेका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै देउवाले संविधानको मूल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाइ नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषदको बैठकमा भाग नलिने स्पष्ट पारेका हुन्।

लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारबाहीकोसमेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने हुन्छ। तसर्थ, संवैधानिक निकायको नियुक्तिका लागि नेपालको संविधानले संवैधानिक परिषदको विशेष व्यवस्था गरेको बताउँदै देउवाले वर्तमान सरकारले संवैधानिक परिषदको मर्यादा र गरिमालाई समाप्त गर्ने तथा यसको कार्य क्षेत्रलाई संकुचित गर्ने गरि पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको आरोप विज्ञप्तिमार्फत लगाएका छन्।

‘अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरित रहेको छ। संविधानको आधारलाई नै भत्काउने कार्य गरेको छ। कानुन निर्माण र संशोधन गर्ने संसदको आधारभुत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने गरि पटक–पटक अध्यादेश जारी गर्ने काम भएका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले वदनियतपूर्वक षडयन्त्रमूलक ढङ्गले अध्यादेश जारी गरेको कांग्रेसको ठहर छ। अध्यादेश संवैधानिक परिषदको कार्य विधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित छ। नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाइ नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ।’

देउवाद्वारा जारी विज्ञप्तिमा संवैधानिक परिषद सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमासमेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषदका अन्य सदस्यहरुलाई पनि आव्हान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन दुई कम्युनिस्ट घटक अहिले झापामा तछाडमछाड गरिरहेका छन्। झापा क्षेत्र

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि