बाँके र रुपन्देहीमा थप सात कोरोना संक्रमितको मृत्यु


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


काठमाडौं – कोरोना संक्रमणका कारण बाँके र रुपन्देहीमा थप सातजनाको मृत्यु भएको छ। भेरी अस्पतालमा चार, बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एकजनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो।

उपचारका लागि वैशाख २२ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका बुटवल–१ का ४८ वर्षका पुरुषको शुक्रबार राति ११ बजे मृत्यु भएको हो भने गत २२ गते नै भर्ना भएकी बुटवल–११ कालिकानगरकी ३० वर्षीया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। योसँगै रुपन्देहीमा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या २५५ पुगेको छ।

यसैगरी बाँकेमा मृत्यु हुनेमा चार नेपालगञ्ज र एकजना बर्दियाका रहेका जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर वलीले जानकारी दिए। उनका अनुसार, नेपालगञ्जस्थित भेरी अस्पतालमा वैशाख १६ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-१४ निवासी ३८ वर्षीया महिलाको आज बिहान, बैशाख २१ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-१ निवासी ६४ वर्षीय पुरुषको शुक्रबार राति, वैशाख २४ गते भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-१२ निवासी ६७ वर्षीय पुरुष र वैशाख २३ गते भर्ना भएका बर्दिया बढैयाताल गाउँपालिका-७ निवासी ५२ वर्षीय पुरुषको शुक्रबार राति नै उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी वैशाख १३ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि भर्ना भएकी नेपालगञ्ज उपमहानगरपालिका-१० निवासी ३८ वर्षीया महिलाको आज बिहान मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोनाबाट १७४ जनाको मृत्यु भएको छ। बाहिरी जिल्लाबाट उपचार गराउन आउने १३१ जनाको मृत्यु भएको छ।

तीब्र गतिमा संक्रमण बढिरहेको बाँकेमा शुक्रबार राति ७३१ नयाँ संक्रमित थपिएका छन्। जिल्लाका तीनवटा प्रयोगशालामा १ हजार १८ जनाको पिसिआर जाँच गर्दा ७३१ जनामा संक्रमण देखिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए।

उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा ४८० को परीक्षण गर्दा ३४३, शिक्षण अस्पताल कोहलपुरमा २०२ को परीक्षण गर्दा १५८ र नेपालगञ्जस्थित बागेश्वरी प्रयोगशालामा ३३६ को परीक्षण गर्दा २३० जनामा कोरोना पुष्टि भएको हो। ७३१ जनामध्ये बाँकेका ५०४ जना रहेका छन्। बाँके अस्पतालमा रहेका ५९७ मध्ये भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ। होम आइसोलेसनमा ३ हजार ९३५ जनाले स्वास्थ्य लाभ गरिरहेको स्रोत व्यक्ति वलीले बताए। शुक्रबारमात्रै बाँकेमा १०९ जनाले कोरोना जितरे घर फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न