कोरोनाले गाँजेका बेला महँगीले झन् थिच्यो


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


काठमाडौं। कोरोना भाइरस महामारीबाट चार महिना लामो ‘लकडाउन’ र अहिले संक्रमणको दोस्रो लहरले गाँजिरहेका बेला उपभोक्ताले दैनिक उपभोग्य वस्तु विगतभन्दा २५ प्रतिशतसम्म बढी मूल्यमा खरिद गर्नुपरिरहेको छ।

मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७७–७८ को आठौं महिना फागुनमा मूल्य वृद्धि ३.०२ प्रतिशतमात्र छ। तर, उपभोक्ताले दैनिक उपभोग्य सामान किन्नुपर्दा विगतभन्दा २५ प्रतिशत बढी रकम खर्च गर्नुपरिरहेको छ।

थोरै परिमाणमा दिनहुँ उपभोग्य वस्तु किन्ने आमसर्वसाधारणलाई यसबाट ठूलो मार परेको छ। लकडाउनअघि खानेतेल (सोयाबिन, सूर्यमुखी) प्रतिलिटर १ सय ५५ रुपैयाँ पाइन्थ्यो भने अहिले बढेर २ सय ६५ रुपैयाँसम्म पुगेको छ। लिटरमै १ सय १० सम्म भाउ बढ्दा पनि उपभोक्ता खरिद गर्न बाध्य छन्।

खुद्रा व्यापारीकोमा गएर उपभोग्य सामान खरिद गर्ने सर्वसाधारण अहिले सबैभन्दा बढी पीडित छन्। किलोको ८० देखि ८२ सम्मा पाइने चिनी अहिले ९० रुपैयाँ पुगेको छ। त्रिशुलीको पोखरेली चामल किलोको ७५ बाट ८५ पुगेको छ।

नेपाल खुद्रा व्यापार संघका अनुसार लङ ग्रेन वासमती चामल किलोको १ सय ३० बाट १ सय ४०, तराई ताइचिन चिउरा ६० बाट ७०, मास दाल १ सयबाट १ सय ७०, मुंग खोस्टा ठूलो १ सय ४० बाट १ सय ७०, मुसुरो दाल १ सयबाट १ सय ५०, मुंग गेडा १ सय ४० बाट १ सय ६०, मुंग छाटा १ सय ४० बाट २ सय, एनपी रहर दाल १ सय १० बाट १ सय ७० रुपैयाँ पुगेको छ।

त्यसैगरी भुटेको तोरीको तेल लिटरको २ सय ७० बाट ३ सय २० रुपैयाँ, काँचो तोरीको तेल १ सय ६० बाट २ सय २०, भटमास तेल १ सय १५ बाट २ सय २०, डाल्डा घ्यु लिटरको १ सय २५ बाट १ सय ८०, नेपाली घ्यु किलोको ७ सयबाट ९ सय, धुलो खोर्सानी किलोको ३ सयबाट ४ सय ५०, सेतो भटमास ९० बाट १ सय, कैलो भटमास १ सय १० बाट १ सय २०, चना १ सय १० बाट १ सय ३० रुपैयाँ किलो पुगेको छ।

सबैखाले गेडागुडीमा १० देखि २० प्रतिशत र बिस्कुट, कर्नफ्लेक्स, जामलगायतमा १० प्रतिशतसम्म भाउ बढेको खुद्रा व्यापार संघले जनाएको छ। सामान्य चामलमा १० देखि १५ प्रतिशत र लङ ग्रेन चामलमा २० प्रतिशतभन्दा बढी भाउ बढेको छ।

सेतो केराउ किलोको ६५ बाट ९०, हरियो केराउ ८० बाट १ सय ३०, सानो केराउ १ सय २० बाट १ सय ६०, बोडी १ सयबाट १ सय ६०, कैलो तिल २ सय ५० बाट ३ सय ५०, बेसन १ सय ८० बाट २ सय र मेथी १ सयबाट १ सय ६० रुपैयाँ किलो पुगेको छ।

उपभोक्तामात्र होइन, खुद्रा मूल्यमा सामान बेचिरहेका व्यापारी पनि भाउ बढेको देखेर अचम्भित भएको बताउँछन्।

‘भाउ किन यस्तरी बढाएको भन्दै ग्राहकहरू हामीसँग रिसाउँछन्,’ खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले शुक्रबार आयोमेलसँग भने, ‘भाउ हामीले बढाउने होइन, थोक व्यापारीबाटै बढेर आएको हो।’

थोक व्यापारीले भाउ अचाक्ली बढाए भनेर वाणिज्य विभागलाई तारन्तार खबर गरेको गर्‌यै गर्दा पनि मतलब नगरेको गुनासो बज्राचार्यको छ।
‘तर, अनुगमन चाहिँ हामी खुद्रा व्यापारीकोमा गर्छन्, अनि पाँच रुपैयाँ बढेको फेला पारे सिधै जेल हाल्छन् कि लाख, दुई लाख जरिवाना तिराउँछन्,’ उनी भन्छन्, ‘सर्वसाधारण उपभोक्ताजस्तै हामी पनि पीडित छौं नि! हाम्रो गुनासोलाई सरकारले सधैं बेवास्ता गर्छ।’

त्यसमाथि दिनहुँ सयौं ग्राहकलाई सामान बेच्ने खुद्रा व्यापारी पनि ‘फ्रन्टलाइनर’ भए पनि कोरोना भाइरस संक्रमणको जोखिम मोल्दै सामाजिक उत्तरदायित्व बहन गरिरहेको उनको भनाइ छ।

उनका अनुसार खुद्रा व्यापारीले थोक व्यापारीकोबाट सामान किनेर ल्याउने गर्छन्। त्यसमा ढुवानी खर्चलगायत जोडेर सामान्य नाफा राखेर बेच्ने गरिन्छ। थोक व्यापारीले पहिले नै आफ्नो नाफा राखेर खुद्रालाई बेच्ने गर्छन्। अनि, मारमा चाहिँ सामान्य उपभोक्ता गरिरहेका छन्।

‘सरकार र ठूला व्यापारीले जनतालाई लुट्नु लुटिरहेका छन्,’ बज्राचार्य भन्छन्, ‘सुन्दा र हेर्दा पनि लाजमर्दो भइसक्यो।’

उदाहरणका लागि ठूला व्यापारी र मार्टहरूले चिनी सस्तोमा दिने विज्ञापन गर्ने गरेको र ग्राहक त्यहाँ पुगेपछि चिनीबाहेक अन्य सामान महँगोमा किन्न बाध्य हुने गरेको उनी बताउँछन्।

‘सरकारले दिनहुँ बजार अनुगमन गरिरहेको भन्छ तर खोइ कहाँ अनुगमन गरेको छ? हामीलाई त थाहा छैन,’ उनी भन्छन्।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष फागुनमा मूल्य वृद्धि ६.७० प्रतिशतसम्म पुगेको थियो। गत माघमा मूल्य वृद्धि २.७० प्रतिशत थियो। गएको फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ३.८० प्रतिशत थियो।

त्यस्तै घ्यु तथा तेल, फलफूल, सुर्तिजन्य वस्तु र दाल तथा गेडागुडीको मूल्य वृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत पुगेको थियो।

त्यसबेला काठमाडौं उपत्यकामा मूल्य वृद्धि २.५० प्रतिशत, तराईमा ३.२५, पहाडमा ३.४० र हिमालमा १.१४ प्रतिशत थियो। गत वर्ष फागुनमा भने काठमाडौंमा ७.६१, तराईमा ६.८४, पहाडमा ५.५३ र हिमालमा ५.४२ प्रतिशत मूल्य वृद्धि थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू