खोप खरिदमा सरकारले भ्रष्टाचार गर्‍यो : शेरबहादुर देउवा


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले खोप खरिदमा सरकारले भ्रष्टाचार गरेको आरोप लगाएको छ। सभापति शेरबहादुर देउवाले भ्रष्टाचारमा चुर्लुम्म डुबेको सरकारले खोपमा पनि कमिसन खोजेको आरोप लगाएका हुन्।

‘अहिले कमिसनका कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको छ। सरकार सर्वत्र भ्रष्टाचारमा डुबेको विषय नेपाली जनताका लागि नौलो विषय होइन,’ शुक्रबार साँझ सभापति देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र जनताविरुद्धको अक्षम्य अपराध हो।’

जनताको जीवन रक्षा गर्नुपर्ने सरकार स्वयं जीवनदायिनी खोप ल्याउन भ्रष्टाचारमा संलग्न हुनुने यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको देउवाले बताएका छन्।

भ्रष्टाचारमा संलग्नलाई कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दै उनले जनताको जीवन रक्षाका लागि देशभर आवश्यक अक्सिजन, आइसियू बेड, खोपलगायतका आवश्यक औषधि तत्काल व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

रोकथाम र नियन्त्रणका लागि पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको न्यूनतम जिम्मेवारी बोध गर्न नसकेका कारण अहिले कोरोना महामारीले भयावह रूप लिँदै गइरहेको देउवाले आरोप लगाएका छन्।

‘हाम्रो पार्टीले कोभिडको प्रकोप प्रारम्भ हुँदा नै सरकारलाई सहयोगको प्रतिवद्धताका साथ समयमै नियन्त्रण र रोकथामका उपाय अपनाउन पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सचेत भएन,’ उनले भनेका छन्,‘दोस्रो लहर आउने भनेर विज्ञहरूले दिएको चेतावनीसमेत सरकारले सुन्दा अहिले जनताले सास्ती भोग्नु परिरहेको छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको