रुपन्देही प्रशासनले संकलन गर्‍यो ५३८ वटा अक्सिजनको सिलिण्डर


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


बुटवल–अक्सिजन अभाव भएपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले अक्सिजन सिलिण्डर संकलन अभियान सुरु गरेको छ। पहिलोपटक प्रशासनले अक्सिजन प्रयोग हुने उद्योगहरुबाट अक्सिजन सिलिण्डर संकलन थालेको हो।

बिहीबार मात्रै बुटवलमा रहेको कोरोना अस्थायी अस्पतालमा अक्सिजनको सिलिण्डरको अभाव भएपछि अस्पताल प्रशासनले प्रदेश सरकारका साथै स्थानीय प्रशासनलाई अक्सिजनको व्यवस्थापन नभए उपचार सेवा प्रभावित हुने जानकारी गराएका थिए।

जिल्लामा रहेका १२ वटा स्टिल उद्योगहरुमध्ये ८ वटा स्टिल उद्योगहरुबाट ५ सय ३८ वटा अक्सिजन सिलिण्डर संकलन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

उनका अनुसार संकलन गरिएको सिलिण्डरमा केही भरिएका थिए भने केही खाली थिए। ती सिलिण्डरहरु जिल्लाका तीन वटा अस्पताललाई उपलब्ध गराइएको छ।

संकलन गरिएको अक्सिजन सिलिण्डरमध्ये युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवालाई १ सय वटा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई ६८ वटा र भीम अस्पताल भैरहवालाई १५ वटा उपलब्ध गराइएको छ ।

बाँकी रहेका अन्य सिलिण्डरहरुलाई सम्बन्धित स्थानमा अक्सिजन भर्नका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

रुपन्देहीमा संक्रमितको संख्या दिनहु बढ्दै गएपछि अक्सिजन सिलिण्डरको अभाव भएको छ । यसैलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उद्योगहरुबाट अक्सिजन संकलन थालेको हो ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको