जसपा विग्रह : समीकरण फेरिँदै


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं

नयाँ सरकार गठनका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्ने कित्ताबाट बाहिरिने संकेत देखिएको छ।

सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि प्रधानमन्त्री ओलीको पक्ष र विपक्षमा जसपा दुई समूहमा विभाजित छ। फागुन २३ गते अदालतको फैसलापछि पुरानै अस्तित्वमा फर्किएको आफ्नै पार्टीभित्र विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओली जसपा अध्यक्ष महन्थ ठाकुरसँग नजकिएका थिए।

कारण थियो– त्यतिबेला ठाकुरले कार्यकारिणी समिति र संसदीय दल दुवै ठाउँमा आफ्नो बहुमत रहेको विश्वास ओलीलाई दिलाएका थिए। र, मधेशका माग सम्बोधन गराउने भन्दै महन्थ–राजेन्द्र समूहले सरकारसँग तारन्तार वार्ता गर्‍यो।

सरकारले मधेश आन्दोलनका क्रममा लगाइएका केही मुद्दा फिर्ता गर्ने निर्णय पनि गरिसकेको छ। र, मुद्दा फिर्ता भएसँगै जसपाका महन्थ–राजेन्द्र समूहका नेताहरूले ओलीकै पक्षमा उभिएर सत्ता सहकार्यसमेत हुनसक्ने बताएका थिए।

तर, अर्का अध्यक्ष उपेन्द्र यादव भने प्रधानमन्त्री ओली आफैंले लगाएको मुद्दा फिर्ता लिएर गल्ती सुधार गरेको टिप्पणी गर्छन्। सरकारले केही थान मुद्दा फिर्ता लिँदैमा ओलीसँग सहकार्य हुन नसक्ने आफ्नो पुरानो अडान यादवले दोहोर्‍याए।

उनको त्यो अडान अझै कायम छ। र, कुनै पनि हालतमा प्रधानमन्त्री ओलीले वैशाख २७ गते लिन लागेको विश्वासको मत विफल बनाउने अभियानमा जुटेका छन्, यादव।

तर, अहिले जसपाभित्र परिदृष्य फेरिएको छ।

अध्यक्ष ठाकुरसँगै रहेका संघीय सांसदहरू उनले चलाएको हस्ताक्षर अभियानमा साथ दिन मानिरहेका छैनन्।

वैशाख १४ गते बाबुराम–उपेन्द्र समूहले छुट्टै कार्यकारिणी बैठक बसेर लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका चार सांसदलाई कारबाही गर्ने निर्णय गर्‍यो। सोही निर्णयका आधारमा उनीहरू पदमुक्त भइसकेका छन्।

बाबुराम–उपेन्द्रलाई ‘काउन्टर’ दिन अध्यक्ष ठाकुरले पनि मंगलबारदेखि छुट्टै हस्ताक्षर अभियान सञ्चालन गरेका छन्।

‘पार्टीभित्र सबै निर्णय गर्ने अधिकार र सम्बोधन हुन बाँकी रहेका मागका लागि सरकारसँग वार्ता गर्ने अधिकार अध्यक्षलाई प्रत्यायोजन गर्ने भनेर लेखिएको माइन्युटमा हस्ताक्षर गराइएको छ,’ जसपाका एक सांसदले भने।

अध्यक्ष ठाकुरले सबै अधिकार आफूलाई प्रत्यायोजन गर्ने गरी सांसद र कार्यकारिणी सदस्यबाट हस्ताक्षर गराउन थालेपछि उनी पक्षीय वरिष्ठ नेता महतो झस्किएका छन्।

यसरी हस्ताक्षर गराउनु पछाडि आफूलाई संसदीय दलको नेताबाट रोक्ने षडयन्त्रको रूपमा महतोले हेरेका छन्। र, उनले त्यो माइन्युटमा हस्ताक्षर गर्न मानेका छैनन्।

‘पार्टी एकीकरण हुँदै गर्दा महतोजीलाई संसदीय दलको नेता बनाउने सम्झौता भएको थियो,’ महतोनिकट एक सांसद भन्छन्,‘सबै अधिकार अध्यक्षलाई प्रत्यायोजन गर्दा सम्झौता पालना नहुने शंका बढेको छ।’

वरिष्ठ नेता महतोबाहेक संघीय सांसद शरतसिंह भण्डारी, राजकिशोर यादव र निर्जला राउतले पनि हस्ताक्षर गरेका छैनन्।

आफू निकटकै चार सांसदले हस्ताक्षर गर्न तयार नभएपछि अध्यक्ष ठाकुर अल्पमतमा पर्ने देखिएका छन्।

‘अहिलेसम्म उहाँ चार जनाले हस्ताक्षर गर्न मान्नु भएको छैन। चारैजना ‘रिजिड’ बसिदिँदा ठाकुरजी अल्पमतमा पर्ने बढी सम्भावना देखिन्छ,’ ती सांसदको भनाइ छ।

बैठक बोलाउन माग
दुई अध्यक्षले आफ्नो बहुमत देखाउन छुट्टाछुट्टै हस्ताक्षर अभियान चलाइरहेकै बेला जसपाभित्र पार्टी बैठक बोलाउन माग उठ्न थालेको छ।

ठाकुर पक्षकै सांसद र कतिपय कार्यकारिणी सदस्यहरूले हस्ताक्षर अभियानको विरोध गर्दै निर्णय गर्न कार्यकारिणी समितिको बैठक बोलाउन माग गरेका हुन्।

शरतसिंह भण्डारी, राजकिशोर यादवलगायतका सांसदहरूले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने निर्णय पार्टीको बैठकबाट हुनुपर्ने बताएका छन्।

अहिले चलिरहेको हस्ताक्षर अभियानले विग्रहबाहेक अरू केही नहुने बताउँदै भण्डारी पार्टी बैठकबाट निर्णय गर्नुपर्ने बताउँछन्।

घर–घरमै पुगेर हस्ताक्षर संकलन गर्ने कामले पार्टीलाई विभक्त बनाउने भएकाले यसलाई सच्याउनुपर्ने उनको भनाइ छ।

‘पहिले उपेन्द्रजीले गल्ती गर्नुभयो, अहिले महन्थजीले गरिरहनु भएको छ,’ आयोमेलसँग उनले भने,‘यसलाई सच्याउनुपर्छ। पक्ष वा विपक्षमा जाने निर्णय पार्टी बैठकले गर्छ।’

वैशाख २७ अघि पार्टी बैठक बसेर प्रधानमन्त्रीले लिन खोजेको विश्वासको मतको पक्ष वा विपक्षमा जाने भनेर सग्लो रूपमा निर्णय लिइने उनको दावी छ।

भण्डारीले भनेजस्तो कार्यकारिणी समितिबाट निर्णय हुने हो भने पछिल्लो समीकरणअनुसार त्यहाँ बाबुराम–उपेन्द्र समूह बहुमतमा देखिन्छ। र, प्रधानमन्त्री ओलीले लिने विश्वासको मतको विपक्षमा निर्णय हुने बढी सम्भावना देखिएको छ।

र, यसको संकेत जसपा कार्यकारिणी सदस्य दामोदर खतिवडाले पनि गरेका छन्।

जसपाले एकमतले ओली प्रस्तावको विपक्षमा मत हाल्ने, पार्टी एकता जोगिने र यसबीचका सबै अफवाह गलत सावित हुने खतिवडाको दावी छ।
‘जसपाले एकमतले ओली प्रस्तावको विपक्षमा मत हाल्ने, पार्टी एकता जोगिने यसबीचका सबै अफवाह गलत सावित हुने,’ खतिवडाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘जसपा फोड्ने सत्तारुढ कमरेडहरूको षडयन्त्र फेरि असफल–हिस्स बुढी हरिया दाँत हुने लगभग निश्चित। अनेक उतारचढावका बाबजुद अन्ततः ठीक निर्णयमा पुग्ने संस्कृति सकारात्मक नै हो कि?’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको