ललिता निवास जग्गा प्रकरण

दीप बस्न्यात पाँच लाख धरौटीमा छुटे, शोभाकान्तको मुद्दामा न्यायाधीशकाे राय बाझियो


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व सचिव दीप बस्न्यातलाई धरौटीमा छोड्न सर्वोच्च अदालतले आदेश दिएको छ। अब उनले पाँच लाख धरौटी राख्नुपर्नेछ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त्त इजलासले धरौटी वा जमानत लिएर उनलाई छोड्न आदेश दिएको हो। बस्न्यातले बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए।

उनी तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिब हुन्। सरकारी जग्गा व्यक्त्तिको नाममा गराएको आरोपमा उनी पनि मुछिएका थिए। र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनलाई थुनामा राख्न आदेश दिएको थियो।

आफू ६९ वर्ष पुगिसकेको र मुटुको बिरामी अनि कोरोना संक्रमित समेत भएका कारण ‘मानविय’ दृष्टिकोणबाट थुनामुक्त्तको आदेश पाउँ भन्दै उनले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए।

२०७७ को मंसिर २४ गते विशेष अदालतले थुनामा राख्न दिएको आदेश पनि सर्वोच्चले खारेज गरिदिएको छ।

शोभाकान्त ढकाललाई रिहा गर्ने वा नगर्ने विषयमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ ।

विशेष अदालतको आदेशमा थुनामा रहेका ढकालले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भएको थियो।

त्यस्तै अर्का आरोपी शोभाकान्त ढकाललाई थुनामुक्त गर्ने किन नगर्ने भन्नेबारेमा भने न्यायाधीशहरूको राय बाझिएको छ। ललिता निवास प्रकरणमा ढकाल मुख्य अभियुक्त हुन्।

न्यायाधीश खतिवडाले ढकालसँग ३ करोड धरौटीमा छोड्नुपर्ने राय प्रस्तुत गरेका थिए भने न्यायाधीश भट्टराईले विशेष अदालतकै आदेश सदर गर्दै थुनामै राख्नुपर्ने राय दिएका थिए। दुबै न्यायाधीशको राय बाझिएपछि अब त्यो मुद्दा पूर्ण इजलासमा जानेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको