अक्सिजन, अत्यावश्यक सामग्री सहज आपूर्तिका लागि संयुक्त अपिल


विचार
आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत


नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ उपचारमा महत्वपूर्ण तर हाल अपर्याप्त अक्सिजन सहज बनाउन सम्पूर्ण उद्योगलाई आफूसँग मौज्दात सिलिन्डर यथाशिघ्र सम्बन्धित ग्यास उत्पादक वा नजिकको अक्सिजन उत्पादक प्लान्टमा उपलब्ध गराउन अपिल गरेका छन्।

मुलुक कहिल्यै भोग्नु नपरेको महामारी र त्यसबाट सिर्जित स्वास्थ्य जटिलतासँगै सामाजिक एवं आर्थिक समस्यासँग जुधिरहेको छ। कोभिड–१९ को दोस्रो लहरसँगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको भन्दै ती संस्थाले अस्पताल भरिँदै गएको र विशेषगरी संक्रमितको जीवन रक्षाका लागि आवश्यक अक्सिजन सिलिन्डरको चरम अभाव देखिएको जनाएका छन्।

सम्पूर्ण ग्यास उत्पादक कम्पनीलाई स्वास्थ्य उपचार प्रयोजनका लागि मात्र अक्सिजन सिलिन्डर उपलब्ध गराउन पनि तीनवटै संस्थाले अपिल गरेका छन्। यस परिस्थितिमा उपभोक्तालाई पनि आप्mनो जस्तै अरूको स्वास्थ्यको पनि ख्याल राख्दै आवश्यकताभन्दा बढी सिलिन्डिर सञ्चित नगरिदिन हुन आग्रह गरेका छन्।

त्यसैगरी अन्य व्यवसायीसँग यदि सिलिन्डर छन् भने त्यसलाई पनि स्वास्थ्य उपचारका लागि प्रयोग गर्ने गरी सम्बन्धित निकायमा उपलब्ध गराइदिन महासंघ, परिसंघ र चेम्बरले अनुरोध गरेका छन्।

त्यसबाहेक अत्यावश्यकीय खाद्य सामाग्री सञ्चिति र त्यसमा मूल्य वृद्धि भइरहेको भन्ने सर्वसाधारणको गुनासोमा तीनवटै संस्थाले माहामारीमा कुनै पनि प्रकारको सञ्चिति र मूल्य वृद्धि नगर्न सम्बद्ध सबै व्यवसायीलाई आग्रह गरेका छन्।

त्यस्तै केही निजी अस्पतालले विषम परिस्थितिमा चर्को शुल्क लिई उपचार गरिरहेको भन्ने समाचारतर्पm ध्यानाकर्षण भएको भन्दै उनीहरूले बिरामीको जीवनरक्षा मुख्य उद्देश्य राखेर खुलेका अस्पतालहरू मुलुक संकटमा रहेको र स्वास्थ्य सेवा जटिल बन्दै गएको यस समयमा अनावश्यक नाफा आर्जन गर्नेतर्पm नलाग्न पनि आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न