मध्यभोटेकोशी जलविद्युतको आइपिओ आवेदन आइएमई पेबाट


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ एपबाट मध्यभोटेकोशी जलविद्युत आयोजनाको आइपिओमा आवेदन दिन सकिने भएको छ।

दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी निषेधाज्ञाका कारण आवागमनमा रोक लागेकाले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयलाई लक्षित गरी जारी आइपिओमा आइएमई पेबाट आवेदन दिन सकिने भएको हो।

आयोजनाको आइपिओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक बासिन्दाले आइएमई पेमार्फत आवेदन दिन सक्ने र अन्यलाई आवेदन दिन अर्को व्यवस्था गरिने छ।

कम्पनीका अनुसार यसरी आइएमई पे बाट आवेदन भर्न आफ्नो मोबाइलमा आइएमई पे एप डाउनलोड गर्नुपर्दछ। कारोबार सुरक्षा र गोपनियताका लागि आफ्नो नाम, थर, ठेगाना, सम्पर्क नम्बरलगायत विवरण एपमा दर्ता गर्नुपर्दछ। त्यसपछि एपको गृहपृष्ठमा रहेको ‘आइपीओ’ आइकन क्लिक गरी आइपिओसँग सम्बन्धित आफ्ना सवै विवरण भरेर आफ्नो पिन कोड थिच्नुपर्छ। यसरी घरमै बसेर मोबाइलबाट मध्यभोटेकोशीको आइपिओ भर्न सकिने र अतिरिक्त शुल्क लाग्दैन।

मध्यभोटेकोशीले वैशाख २१ देखि आयोजना प्रभावित स्थानीयका लागि आइपिओ निष्कासन बिक्री खुला गरेको छ। आयोजना प्रभावित स्थानीयलाई ६० करोडबराबरको ६० लाख कित्ता सेयर निष्कासन गरेको हो। यसमा न्यूनतम ५० र अधिकतम ४ सय कित्तासम्म जेठ ४ सम्म र पर्याप्त आवेदन नपरे जेठ २० सम्म आवेदन दिन सकिने छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न