ओलीलाई माया गर्नु भनेको आफैंलाई सिध्याउनु हो : अष्टलक्ष्मी शाक्य


विचार
आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश

आयाेमेल संवाददाता
अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं…

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको


काठमाडौं – नेकपा एमाले (नेपाल–खनाल) पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही र हुकुमी शासन अन्त्य गर्ने बेला आइसकेको बताएकी छिन्। पार्टीभित्र अपमानित भएर बसेका सबै नेता कार्यकर्ताहरू ओलीको तानाशाह अन्त्य गर्न गोलबन्दसमेत भइरहेको उनले बताइन्।

‘केपी ओली हार्नुपर्छ, अति भइसक्यो, सीमा नाघिसक्यो,’ वैशाख २७ को सन्दर्भमा आयोमेलसँग शाक्यले भनिन्,‘प्रतिपक्षी दलहरू मिलेर कुराकानी भइरहेको छ। यो कुराकानीले एउटा सकारात्मक मोड लिन्छ होला भन्ने मलाइ लागेको छ।’

फागुन २३ यता भएका सबै निर्णय रद्द गरेर २०७५ जेठ २ कै अवस्थामा पार्टी फर्कनुपर्ने आफूहरूले भनिरहेपनि ओली त्यसका लागि तयार नरहेको उनको भनाइ छ।

‘अहिले संकट परेको बेला उहाँले हाम्रो साथ खोज्नु भएको छ। केपी ओलीसँग पटक–पटक कुरा गर्न जरूरी पनि छैन,’ उनले भनिन्,‘यो अन्तिम हो। उहाँले हामीले भनेको कुरा माने पार्टी ठीक बाटोमा आउनसक्छ। तर, ओलीजी त्यसका लागि तयार नै हुनुहुन्न।’

एकलौटी गरेर निरंकुश बनिसकेका ओली सही बाटोमा फर्किनै नसक्ने उनको दाबी छ।

‘उहाँ पार्टी र सरकार दुबै ठाउँमा निरंकुश बनिसक्नुभएको छ, पछाडि फर्किने सम्भावना छैन। फेरि ब्याक फोर्सपनि उस्तै छ,’ शाक्यले भनिन्।

विश्वासको मत पाउन ओलीले अहिले हारगुहार गरिरहेपनि जेठ २ गतेको स्थितिमा फर्किने उनको चाहना नरहेको शाक्यले बताइन्।

‘हामीमात्रै लचिलो भएर केपी ओलीलाई जी-हजुर गर्नुपर्ने के छ र?, हामी त स्वाभिमानको लागि कम्युनिस्ट पार्टीमा लागेका हौं,’ उनले भनिन्,‘त्यसैले केपी ओलीको दमन र अत्याचार सहेर बस्न सकिँदैन।’

शाक्यले नेताहरूबीच कुराकानी भइरहेपनि जेठ २ मा फर्कन ओली तयार नहुने दाबी गरिन्।

‘उहाँ कुनै हालतमा फर्कनु हुन्न, केपी ओलीलाई माया गर्नुको अर्थ आफैं सिद्धिनु हो, सर्प पालेर आफैंलाई डस्न लगाउनु हो,’ उनी भन्छिन्,‘संकट परेपछि हामीलाई मिलाउन मान्छे खटाउनु भएछ। आफैं दौडिनु भएछ, राष्ट्रपतिलाई प्रयोग गर्नु भएको छ। यो सबै षडयन्त्र हो।’

आफू सफल भइसकेपछि फेरि सबैलाई पेलेर लैजाने दाउमा ओली रहेको शाक्यले बताइन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने

आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो