एमाले विवाद समाधान उन्मुख, नेपाल समूहको मागमा ओली सकारात्मक


विचार
आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको


काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद समाधान उन्मुख रहेको नेताहरूले बताएका छन्। एमालेकै खनाल-नेपाल समूहले माओवादीसँग मिलेर पार्टी एकता कायम हुन अघिकै अवस्थामा फर्किन माग गरिरहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले उक्त समूहका मागका बारेमा कुनै सुनुवाइ गरेको थिएन।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र फुटाइदिएपछि खनाल-नेपाल समूहले पहिलाकै अवस्थामा फर्किन माग गरिरहेका थिए। बारम्बार छलफल र वार्तापछि अध्यक्ष ओली नेपाल समूहका मागमा सकारात्मक रहेको एमाले स्रोतले जनाएको छ।

बरिष्ठ नेता माधवकुमार नेपालले ओलीपक्षसँगको वार्ताका क्रममा ‘कम्तीमा हामीलाई खुट्टा टेक्ने मौका दिनुहोस्’ भनेपछि ओली सकारात्मक बनेको स्रोत बताउँछ। छलफलका क्रममा नेपालले ‘थोरै समयका लागि भए पनि पहिलाको अवस्थामा फर्किदिनुहोस् र फेरि फागुन २८ मा फर्किउँला’ भनेपछि ओली सकारात्मक बनेको स्रोत बताउँछ।

खनाल-नेपाल समूहका नेताहरूलाई गरिएको कारबाही साक्षी राखेर फिर्ता गर्ने भन्ने भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राख्ने कुरा भएको स्रोतको भनाइ छ।

यसअघि बिहीबार साँझ राष्ट्रपति भेट्न शीतल निवास पुगेका नेपाल त्यहाँबाट फर्किएलगत्तै बाहिर ओलीसँग भेट गरेका थिए। जहाँ दुवै पक्षले गुटगत गतिविधि नगर्ने र विवाद नचर्काउने समझदारी गरेको थाहा भएको छ। खनाल-नेपाल पक्षका गतिविधि पनि रोक्ने समझदारी बनेको बुझिएको छ।

नेता नेपाल विवाद समाधानतर्फ सक्रिय भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असन्तुष्ट भएका छन्। आफूसँग कुनै सल्लाह नगरी ‘एक्लै-एक्लै गएको’ भन्दै नेता नेपालसँग असन्तुष्टि जनाएका हुन्।

एमाले र माओवादी केन्द्र सम्मिलित एकीकृत पार्टी हुनुभन्दा अगाडिको परिस्थितिमा कम्तीमा एउटा बैठक डाक्न नेपालले ओलीलाई आग्रह गरेका हुन्। स्रोतले भन्यो, ‘त्यसपछि गत फागुन २८ गतेको स्थितिमा फर्कन सहज हुन्छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा