गोरखापत्र १२१ वर्षमा प्रवेश


विचार
आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत


काठमाडौं – नेपाली भाषाको पहिलो समाचारपत्र ‘गोरखापत्र’ प्रकाशन सुरु भएको आज १२० वर्ष पूरा भई १२१ वर्ष लागेको छ। वि.सं. १९५८ वैशाख २४ गते सोमबार साप्ताहिक रूपमा ‘गोर्खापत्र’ को प्रकाशन सुरु भएको थियो। दक्षिण एसियामै यति लामो निरन्तरता भएका अखबार कमै छन्। इतिहासका विभिन्न कालखण्डमा गोरखापत्रले धेरै पटक काँचुली फेर्न सफल भएको छ।

गोरखापत्र प्रकाशन भएकै ऐतिहासिक दिन वैशाख २४ लाई स्मरण गर्दै नेपाल सरकारले २०७३ बाट ‘राष्ट्रिय पत्रकारिता दिवस’ घोषणा गरेअनुसार आज छैटौं ‘राष्ट्रिय पत्रकारिता दिवस’ पनि मनाइँदै छ। कोरोना संक्रमणको महामारीका कारण गत वर्ष र यस वर्षको पत्रकारिता दिवस प्रभावित भएको छ।

सुरुमा साप्ताहिक रूपमा प्रकाशित अखबार हप्तामा दुई, तीन पटक हुँदै वि.सं. २०१७ फागुन ७ गतेबाट दैनिक रूपमा प्रकाशित हुँदै आएको छ। नेपालमा फोटो पत्रकारिताको सुरुवातकर्ता पनि गोरखापत्रले नै गरेको थियो। वि.सं. १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलो पटक सर्वसाधारणको तस्बिर छापिएको थियो।

वि.सं.२०३८ मा वेभ अफसेट मेसिनबाट गोरखापत्रको छपाइ सुरु भयो भने २०५९ असार १० बाट रङ्गीन कलेबरमा छापिन थाल्यो। हाल एकै पटक १२ पृष्ठ रङ्गीन र आठ पृष्ठ श्यामश्वेत गरी २० पृष्ठ छपाइ गर्ने आधुनिक प्रविधिको वेभ अफसेट मेसिनबाट काठमाडौंमा छपाइ भइरहेको छ। यसैगरी विराटनगर तथा कोहलपुरबाट पनि आफ्नै भवनसहित दैनिक छपाइ कार्य हुँदै आएको छ।

विश्व पत्रकारिताको इतिहासमा बहुभाषिक पत्रकारिताको अभ्यास सुरु गरेर गोरखापत्रले नयाँ इतिहास रचेको छ। २०६४ असोज १ गतेबाट ‘नयाँ नेपाल’ शीर्षकअन्तर्गत नेपालमा बोलिने राष्ट्र भाषा (मातृ) हरूको प्रकाशन सुरु गरी हाल पालैपालो ३८ वटा भाषामा समाचार सामग्री प्रकाशन हुँदै आएका छन्।

राष्ट्रिय पत्रकारिता दिवसको घोषणा भएपछि गोरखापत्र संस्थानले २०७३ मा पहिलो पटक ५५ हजार ५५५ रुपैयाँको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गरेको छ। गोरखापत्रका सहप्रकाशनहरूमा अङ्ग्रेजी भाषाको दि राइजिङ नेपाल, मासिक पत्रिकाहरू मधुपर्क, युवामञ्च, मुना र गोरखापत्र अनलाइन तथा राइजिङ नेपाल अनलाइन संस्करण रहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न