एमालेमा विवाद समाधानको प्रयास : होटल मेरियटमा विष्णु पौडेल, सुरेन्द्र पाण्डे र गोकर्णको भेट


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडाैं

वैशाख २७ नजिकिँदै जाँदा नेकपा एमालेका दुई समूहबीच विवाद समाधानको पहल पुनः सुरु भएको छ जसअन्तर्गत बिहीवार अपरान्ह नेताहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच होटल मेरियटमा करिब आधा घण्टा भेटवार्ता भएको छ।

भेटवार्ताबारे आयोमेलले राखेको जिज्ञासामा नेता पाण्डेले भने, ‘आजको भेटमा ठोस कुरा केही भएन, सामान्य कुराकानी भयो । ठीक छ यो बीचमा पार्टी विवाद समाधानका लागि प्रयास र पहल गरौं भन्ने कुरा भएको छ ।’

भेटको पहल कसले गरेको भन्ने प्रश्नमा भने उनले दुवै पक्षको पहलमा भेट भएको जवाफ दिए ।

नेकपा एमालेभित्रको विवादले पार्टी विभाजनकै स्थितिमा पुगेको छ । जसले २७ गते प्रधानमन्त्रीले लिने विश्वासको मतमा एमालेभित्रकै नेपाल-खनाल समूहले मत नदिने अड्कलबाजी भइरहेका छन् ।

तर बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पाण्डेले भने विश्वासको मत दिने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको