कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमित भर्ना गरेन : बिरामी जङ्गल छेउका टहरामा


विचार
आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश

आयाेमेल संवाददाता
अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं…

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको


जुम्लाको सिंजा गाउँपालिका – २ का कोरोना सङ्क्रमित स्थानीयवासिलाई पालको बासमा राखिएको पाइएको छ। सङ्क्रमितलाई अस्पतालको आइशोलेसन श्यमा राख्नुपर्ने अवस्थामा बस्ने ठाउ नभएर जङ्गलको छेउमा टहरा बनाएर बसिरहेको व्यवस्थामा भेटिएका छन्।    
    
सिंजा गाउपालिका –२ का कोरोना सङ्क्रमित चन्द्रवीर तिरुवालाई अस्पातलले घर पठाइ दिएपछि अहिले उनी पालमा बसिरहेका छन् । घरमा छुट्टै बस्ने संरचना नभएपछि जंगलको छेउमा पाल बनाएर बसेका हुन्।    
    
 तिरुवालाई उपचारार्थ सो गाउँपालिकाले नौ दिन अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारार्थ पुर्‌याइएको थियो।

अस्पतालमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि श्यया हुँदाहुदै घर पठाईदिएको उनले आक्रोस पोखे।

अस्पतालको बेडमा बसेर सजिलो होला भनेको त घर पठाइदिने निर्णय गरेपछि त्यहाँको नियम र व्यवहार प्रति आफु अपहेलित भएको उनले बताए।

‘प्रतिष्ठानका चिकित्स्कले मलाई स्थानीय तहको आइसोलेशन श्ययामा राख्नुपर्ने भनेर फर्कादिए । म जस्ता व्यक्तिहरुलाई त यस्तो गर्छन, अरुलाई के गरे होलान्’ उनले भने।

 त्यहाँ पुगको राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासङ्घको टोलीलाई गुनासो गर्दे उनले कोरोना सङ्क्रमितलाई आइशोलेसनमा बस्ने व्यवस्था गर्न पहल गरिदिन अनुरोध गरे।

   
 सिंजा – २ का वडाध्यक्ष नविन शर्माले भने ‘हामीले कोरोनाको शंका मानेर प्रतिष्ठानमा स्वास्थ्य जाँच गर्न पठायौँ  बिरामी फिर्ता पठाइदिएपछि हामीलाई हैरान भयो। गाउँमा दौडादौड हुन्छ।’

उनले आइशोलेसन हुने प्रकारका घर र संरचना नभएको बताए।

गाउँपालिकामा पाँच बेडको स्थायी कोभिड अस्पताल रहेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रोकायाले बताए। ‘सङ्क्रमित व्यक्ति राख्ने भन्ने सोच हो। पूर्वाधार छैन। अक्सिजन र अन्य सामाग्री अस्पतालमा नभएकाले समस्याले यो समस्या खडा भएको हो।’    
    
बिरामीलाई रगतमासी देखिएको भनेपछि औषधी पठाएको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ।

प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा राजिव शाहका अनुसार प्रतिष्ठानले अव श्वासप्रश्वास बिना बाच्न नसक्ने बिरामीका लागि मात्रै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको जानकारी दिए। उनले भने ‘लक्षण भएका तर कठिन नभएका बिरामीलाई स्थानीय स्तरमै व्यवस्थापन गर्दा हामी जोखिममा नहुने र कठिन परिस्थितिका विरामी अहिले भर्नादर बढिरहेकाले अस्पतालका श्यया अक्सिजन आवश्यक पर्ने कोरोना रोकथामका बिरामीलाई आवश्यक रहेको छ।’    
    
अहिले प्रतिष्ठानमा ६६ सङ्क्रमित मध्ये ११ जना अक्सिजन आवश्यक पर्ने बिरामीको उपचार भइरहेको छ।

सरकारले बनाएका आइशोलेसन खाली हुँदा पनि भिन्नै पाल बनाएर बसेको जानकारी आएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली सो स्थानमा पुगेर अनुगमन गरेको थियो।

आयोगको अनुगमन टोलीले सङ्क्रमित बसेको स्थानमा ३० मिटर टाढाबाट आवश्यक सुरक्षामापदण्ड अपनाएर पालमा बसेका सङ्क्रमति तिरुवाको अवस्था अवलोकन गरेको हो।

आयोग अधिकृत धनराज शाही र किरण बराम सहित पत्रकार महासंघको टोली पुगेर पालको बसाइ र अवस्थाका बिषयमा आफन्तसंग बुझेको छ। यसका साथै आयोगको अनुगमन टोलीले कोरोना रोकथामका लागि स्थानीय सरकारले गरेको तयारी, समस्या र चुनौतिका बिषयमा सिजा क्षेत्रको हिमा, सिंजा गाउँपालिकाका जनप्रतिनिधीहरु संग भेटघाट गरी अवस्था अवलोकन गरेको छ।    
    
 अस्पताल र आइशोलेसन हुँदा पनि सङक्रमित मानिस पालमा बस्नु दुर्भाग्य भएको आयोगका सूचना अधिकारी किरण बरामले बताए।

अधिकृत शाहीले स्थानीय तहमा परीक्षणका लागि कीट अभाव भएको पाइएको बताए।

सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सिंजा क्षेत्रमा सुरक्षा जनशक्ति कम भएको, डाक्टर आउन नमान्ने भएकाले समस्या भएको जानकारी दिए।

गत बर्षकै जस्तो कोभिड रोकथामका लागि गाउँपालिका तयारी भएको गाउँपालिकाले जनाएको छ ।

हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले वडाध्यक्षलाई वडामा सूचना सम्पर्क व्यक्तिको रुपमा तोकिएको र कुन गाउमा को आउछन सो अनुसार तथ्यांक अद्यावधिक गर्ने व्यवस्था गरिएको जानकारी दिए। उनले स्वास्थ्य जनशक्ति परिचालन गरिएको र जाँचका लागि कीटको अभाव भइरहेको बताए।  रासस


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने

आयात बढ्दा ११ महिनामा १२ खर्ब ६२ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा ३७.७८ प्रतिशतले निर्यातमा बृद्धि भएको छ। यसअघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो