टिचिङ अस्पतालमा बिरामीको पुकार : बरु बेड चाहिँदैन, अक्सिजन देउ


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


त्रिवि शिक्षण अस्पताल (टिचिङ)को आकस्मिक कक्षमा पाइला हाल्ने ठाउँ छैन।

संक्रमितलाई समेत बस्ने ठाउँ छैन। बेड त परैको कुरा।

कोरोना संक्रमण भएर आएका उनीहरू टुसुक्क बसेका छन्। शरीर कमजोर छ। हात—खुट्टाले काम गर्न छाडेका छन्।

आकस्मिक कक्षको भुईमा लखतरान छन्, पल्टिरहेका छन्। कोही बसिरहेका।

दृश्य देख्दा लाग्छ ‘अझै ठूलो विपत्ति भोग्न बाँकी छ।’

बिरामीका आफन्त बेड तथा अक्सिजन मिलाउन भौतारिइरहेका छन्। चिकित्सकसँग हात जोडिरहेका छन्– जसरी भए पनि आइसियूको व्यवस्था गरिदिनुहोस् न।

हेल्थपोस्टकर्मी टोली आकस्मिक कक्ष बाहिर पुग्दा केही स्वास्थ्यकर्मी बिरामीका आफन्तसँग कुरा गर्दै थिए।

‘आइसियू बेड पाउन मुस्किल छ। भइरहेको बिरामीलाई निकाल्न सकिँदैन। अहिले त अक्सिजन नै ‘रामवाण’ हो।’

टिचिङमा अहिले ३० भन्दा संक्रमित भर्ना हुने पालो कुरेर बसेका छन्। तर, उनीहरूलाई राख्ने बेड छैन। भूईमा उनीहरू जीवन–मृत्युसँग लडिरहेका छन्।

‘बरू यहीँ भूईमा राखेपनि हुन्छ। बिरामीलाई बेड चाहिँदैन। छिट्टो अक्सिजन दिन पाए हुन्थ्यो,’ संक्रमितका एक आफन्तले हामीसँग दु:ख पोखे।

डाक्टर तथा स्वास्थ्यकर्मी हतासमा छन्। यता–उति दौडिरहेका छन्।

‘सकेजति गरिराखेका छौं। श्रोत—साधन तत्कालै व्यवस्थापन गाह्रो हुँदो रहेछ,’ अस्पतालका उपनिर्देशक प्रा.डा. सुवास आचार्यले भने, ‘ दैनिक बेड थप्दै गएका छौं। तर, पुगेको छैन।’

हाल टिचिङमा मात्रै २ सय ३० जना संक्रमितको उपचार भइरहेको छ।

‘बेड नभएर बिरामीलाई ‘होल्ड’ गरेर राखेका छौं। अवस्था झ्न झ्न भयावह बन्दै गएको छ। आकस्मिक कक्षको बाहिर ३० जना भर्ना हुने पालोमा बस्नु भएको छ,’ डा. आचार्यले भने।

अस्पतालले तत्काल नै ५० बेड थप्ने तयारी गरेको छ। उपचारत सबै बिरामीलाई अक्सिजनको आवश्यकता परेको छ।

अस्पतालले सुरेश वाग्ले भवनमा ‘कोल्डवार’ वार्ड निमार्ण गरेको छ। जसमा अक्सिजन नचाहिने र अरु बिरामीलाई राख्न सकिने छ।  

 ‘हिजो बेलुका ‘राउन्ड’मा हेर्दा अक्सिजन नचाहिने बिरामी नै फेला परेनन्। बिरामीलाई अक्सिजन नचाहिने बित्तिकै घर पठाइहाल्छौं,’ डा. आचार्यले भने।

हाल अस्पतालमा २२ बेड आइसियु छ। तर, ति सबै बेड पूरै भरिएका छन्।

अस्पतालमा अक्सिजनको समस्या भइरहेको डा. आचार्य बताउँछन्।

‘दुई हजारको ‘अक्सिजन प्लान्ट’ फूल फेजमा चलिरहेको छ। त्यसका साथै ८०–९० ठूला सिलिन्टर थप लागिरहेको छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको