७ सय ४२ आरोही कुन-कुन हिमालमा छन्?


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्मकै बढी आरोहीले अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार सगरमाथाका लागि सर्वाधिक ४३ आरोहण दलका ४ सय ८ आरोही त्यहाँ पुगेका छन्। तीमध्ये ९३ महिला र ३ सय १५ पुरुष आरोही छन्। सन् २०१९ मा सगरमाथा आरोहणका लागि ४१ दलले अनुमति पाएका थिए। सन् २०२० मा बसन्त ऋतुमा आरोहण भएन।

विभागका अनुसार सगरमाथासहित अन्य हिमाल आरोहणका लागि ८५ दलका ७ सय ४२ आरोही सम्बद्ध हिमालमा छन्। त्यसैगरी ल्होत्से आरोहण गर्न १४ दलका ९६ महिला र २९ पुरुष गरी १ सय २५, नुप्त्सेमा ३८ र पुमोरी चढ्न नौ आरोहीले अनुमति पाएका छन्।

त्यस्तै अन्नपूर्ण आरोहण गर्न ४४ र धौलागिरिका लागि पाँच दलका ३३ आरोही गएका छन्। मकालु आरोहणका लागि दुई दलका २०, मनास्लुमा एक दल, तिलिचोमा आठ र हिम्लुङ चढ्न सात आरोही गएका छन्।

विभागका अनुसार अन्नपूर्णमा केही आरोही सफल भएका छन् भने मौसमले साथ दिए केही दिनभित्रै सगरमाथा आरोहण सुरु हुनेछ। अहिले अधिकांश आरोही सगरमाथाआधारशिविरमा छन्। सगरमाथा चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर अहिले चौथो शिविरमा पुगिसकेका छन्।

सगरमाथासहित १९ हिमाल तथा पिक आरोहणका लागि २४ एक्सिपिडिसन कम्पनीमार्फत आरोही गन्तव्य गएका हुन्। वसन्त ऋतुको हिमाल आरोहणबाट हालसम्म सरकारले ७१ करोड ४८ लाख रुपैयाँभन्दा बढी सलामी दस्तुर उठाइसकेको छ। सगरमाथाबाट मात्रै करिब ६६ करोड रोयल्टी उठेको छ।

कोभिड–१९ महामारीबीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह भएको विभागको भनाइ छ। (रासस)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू