राष्ट्रसंघीय विज्ञान, प्रविधि र नवीनता पुरस्कारबाट नेपालको एरोसान सम्मानित


विचार
आयाेमेल संवाददाता
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन

आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै


संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०२० अन्तर्गत विज्ञान, प्रविधि र नवीनता पुरस्कारबाट नेपालको ‘एरोसान हव’ नामक संस्था पुरस्कृत भएको छ। एरोसान स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि पुरस्कृत भएको हो।

संयुक्त राष्ट्र संघको आगामी मे ५ मा हुने भर्चुअल सम्मेलनमा एरोसानलाई आफ्नो नमुना शौचालयको प्रस्तुति दिन आमन्त्रण गरिएको छ। उक्त कार्यक्रममा एरोसानको नेतृत्व गर्दै एरोसान सस्टिनेवल स्यानिटेसन नेपालका कार्यकारी प्रमुख प्रकाश अमात्य सहभागी हनेछन्।

एरोसानले काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा नयाँ स्मार्ट शौचालय र भएका पुराना सार्वजनिक शौचालयको पुनः निर्माण गरि अत्याधुनिक शौचालयमा रुपान्तरण गर्दै आएको छ। जसअनुसार रत्नपार्क, नयाँबानेश्वर, बुद्धपार्क र मंगलबजारमा गरि हाल ४ वटा नमुना शार्वजनिक शौचालय संचालनमा ल्याईसकेको छ भने त्रिपुरेश्वर र पाटन ढोकामा यही वर्ष बाट संचालनमा ल्याउने उद्देश्यका साथ निर्माण कार्य भईरहेछ।

यी सार्वजनिक शौचालय अत्याधुनिक, स्वच्छ, महिला मैत्री, अपाङ्ग मैत्री र समुदायमा आधारित रहेको छ। शौचालयहरुमा महिलाहरुका लागि स्वचालित मेसिनबाट स्यानिटरी प्याड किन्ने व्यवस्था गरिनुका साथै प्रयोग भएको प्याडको व्यवस्थापनका लागि प्याड जलाउने मेसिन पनि जडान गरिएको छ। यस्तै, बालबालिकाहरुको डाइपर परिवर्तन गर्ने स्थान पनि उपलब्ध छ।

शौचालयमा सरसफाईका लागि आकाशे पानी संकलन गरि प्रयोग गरिएको छ। उक्त शौचालयबाट निस्कासित ठोस तथा तरल फोहोरलाई ढलमा नफाली ऊर्जाको रुपमा वाँयोग्यास निर्माण गरिएको छ भने फोहोर पानीलाई प्रशोधन गरि पुनः प्रयोग गरिएको छ । एरोसानले निर्माण गरेको सार्वजनिक शौचालयहरु सरसफाईको क्षेत्रमा दिगो सामाजिक उद्यम नमुनाको रुपमा रहेको छ, जसले निम्न तथा मध्यम आयश्रोत भएका समुदाय विशेष गरि अपाङ्ग तथा पिछडिएको समुदायका लागि सम्मानको रोजगारी उपलब्ध गराएको छ।

‘शौचालयलाई अत्याधुनिकरुपमा निर्माण गरि उत्पादित वायोग्याँसको सदुपयोग गर्दै यसको दिगो संचालनका लागि क्याफे संचालनमा ल्याएको छ,’ एरोसान, नेपालका प्रतिनिधि प्रकाश अमात्यले भने।

काठमाडौं उपत्यका क्षेत्रभित्रका महानगरपालिका र नगरपालिकामा एरोसानले ५० वटा महिला मैत्री, अपाङ्ग मैत्री, पहुँचयुक्त सार्वजनिक शौचालयको निर्माण गर्ने उद्देश्य लिएको छ जसले सरसफाईकर्मीहरुलाई सम्मानजनक रोजगारीको अवसर प्रदान गर्नेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सडक निर्माणको ‘जस’ लिन तछाडमछाड

झापा – आफ्नो पहलमा काम भएको देखाउन र जस लिन दुई कम्युनिस्ट घटक अहिले झापामा तछाडमछाड गरिरहेका छन्। झापा क्षेत्र

मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि