२० करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक


विचार
आयाेमेल संवाददाता
मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश

आयाेमेल संवाददाता
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर

आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून


मुलुकको केन्द्रीय बैंकले आकर्षक ब्याज प्राप्त हुने गरी २० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

नेपाल राष्ट्र बैंकको वित्त व्यवस्थापन विभागको अवकास कोष इकाईले बिहीबार सूचना जारी गरी केन्द्रीय बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँबराबरको रकम मुद्दती निक्षेपमा आकर्षक ब्याज भुक्तानी हुने गरी लगानी गर्न लागेको हो।

विभागका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा निक्षेप लगानी गर्न लागिएको हो।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा १६ करोड, विकास बैंकहरूमा ३ करोड र वित्त कम्पनीहरूमा १ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।

उक्त परिमाणबराबरको रकम २०७८ जेठ २ देखि २०७९ जेठ २ गतेसम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा आकर्षक ब्याज भुक्तानी हुने गरी लगानी गरिने केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकको रकम प्राप्त गर्न बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा दुई वर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपिए) कूल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको र कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैंकले समय–समयमा निर्धारण गरेको सीमात्रि रहेको हुनुपर्ने सर्त तोकिएका छन्।

त्यसैगरी निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना गरेको अवस्थामा त्यस्तो जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत उक्त संस्थामा कायम नरहेको, यदि कायम नै रहेको अवस्था रहेमा जरिवाना भुक्तान गरेको मितिले ६ महिना अवधि पूरा भएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, फुकुवा भएको कम्तिमा ६ महिना पूरा भएको, बैंक तथा वित्तीय संस्था कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको र सर्वसाधारणका लागि छुट्ट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त पनि तोकिएका छन्।

रकम लिन चाहने बैंक तथा वित्तीय संस्था आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याज दरसमेत खुलाएर वैशाख २१ भित्र शिलबन्दी दरभाउपत्र सम्बन्धी फारम भरेर राष्ट्र बैंकमा पेस गरिसक्नुपर्ने छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेन्चमा रिटमाथि सुनुवाइ

कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर उन्मुख हुँदै गइरहेको छ। यो साँचो कुरा हो कि, देश

भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट