महन्थ र राजेन्द्रबीच खटपट!


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले मंगलबारदेखि हस्ताक्षर अभियान सुरू गरे।

महन्थले सोमबार नै आफू पक्षीय कार्यकारिणी सदस्यलाई फोन गर्न लगाए। र, काठमाडौंमा भएकालाई बाहिर नजान तथा बाहिर रहेकालाई जसरी पनि यहाँ आउनु पर्‍यो भन्न लगाए।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा लिन लागेको विश्वासको मतसँग लक्षित थियो महन्थको हस्ताक्षर अभियान।

त्यसअघि जसपाकै बाबुराम-उपेन्द्र समूहले वैशाख १४ गते छुट्टै कार्यकारिणी समितिको बैठक बसेर लुम्बिनी सरकारमा सामेल भएका पार्टीका चारजना प्रदेश सांसदलाई कारबाही गर्ने निर्णय बहुमतबाट गर्न लगाएका थिए।

बाबुराम–उपेन्द्रले ५१ जनामध्ये २६ जनाको उपस्थितिमा त्यो निर्णय गरेपछि अध्यक्ष ठाकुरले पनि आफू पक्षीय सांसद र कार्यकारिणी सदस्य बोलाएर हस्ताक्षर अभियान सुरू गरेका हुन्।

विश्वासको मतबारे संसदीय दलको नेताको हैसियतमा आफूले निर्णय गर्नसक्ने भन्दै महन्थले आफू पक्षीय सांसद र कार्यकारिणी सदस्यहरूलाई ‘माइनुट’ मा हस्ताक्षर गर्न भने।

तर, विश्वासको मतमा प्रधानमन्त्री ओलीलाई सघाउनुपर्ने अभियानमा ठाकुरसँगै हिँडिरहेका वरिष्ठ नेता राजेन्द्र महतोले हस्ताक्षर गरेका छैनन्। महतोका साथै जसपा कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारी र निर्जला राउतले पनि हस्ताक्षर गरेका छैनन्। महतोसहित भण्डारी र राउतले आफ्नो ‘रिजर्भेसन’ राख्न खोजेको जसपाका एक नेताले बताए।

आफू पक्षीय तीनजना सांसद र कार्यकारिणी सदस्यले हस्ताक्षर गर्न नमानेपछि अध्यक्ष ठाकुर अल्पमतमा पर्ने सम्भावना बढेको ती नेताको भनाइ छ। अध्यक्ष ठाकुरले आफूलाई संसदीय दलको अध्यक्षका रूपमा प्रस्तावित गर्न खोजेपछि वरिष्ठ नेता महतो हस्ताक्षर गर्न झस्केको जसपा स्रोतले बतायो।

‘महतोलाई संसदीय दलको अध्यक्ष बनाउने ठाकुरजीले सहमति गर्नु भएको थियो,’ जसपा कार्यकारिणी समितिका ती सदस्यले भने, ‘अहिले उहाँले एकल अधिकार प्रत्यायोजन गराउन हस्ताक्षर गराउन खोज्नु भएको छ।’

महतो जसपा संसदीय दलका नेता बन्न चाहेका छन्। र, यसका लागि उनले अध्यक्ष ठाकुरको साथ खोजिरहेका छन्। संसदीय दलको नेता बनाउने ठोस प्रतिवद्धता नआएसम्म हस्ताक्षर नगर्ने अडान महतोले लिएको जसपा स्रोतको दाबी छ।

यता कार्यकारिणी सदस्य भण्डारी हस्ताक्षर अभियानको विरोध गर्दै पार्टी एकता जोगाउनुपर्ने पक्षमा उभिएका छन्। दुबै समूहले छुट्टाछुट्टै हस्ताक्षर अभियान र आफू पक्षीय भेला गर्दा पार्टी विभाजन हुने उनको ठम्याइ छ।

‘पार्टीभित्र पछिल्लो समय समस्या देखिएकै हो। छुट्टै भेला र बैठक राखेर समस्या सुल्झिँदैन,’ आयोमेलसँग भण्डारीले भने, ‘हामी पार्टी एकताको पक्षमा छौं। सकभर पार्टी विभाजन नहोस् त्यसका लागि हरसम्भव प्रयास गरिरहेका छौं।’

पार्टीभित्र पछिल्लो समय चलाइएको हस्ताक्षर अभियान गलत रहेको भन्दै उनले समस्या समाधान गर्न दुबै पक्ष एक ठाउँमा बसेर छलफल गर्नुपर्नेमा जोड दिए।

‘विवाद र असन्तुष्टि समाधान गर्न छलफलभन्दा अर्को कुनै विकल्प हुन सक्दैन,’ भण्डारी भन्छन्,‘विवादित देखिएका विषयहरूमा गम्भीरताका साथ छलफल होस् हामीले भनेका छौं।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको