कोरोना खोपको बौद्धिक सम्पत्ति संरक्षण नराख्ने प्रस्तावमा अमेरिकाको समर्थन, औषधि उत्पादक रुष्ट


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं – कोरोना भाइरसविरुद्धको खोपको बौद्धिक सम्पत्ति संरक्षण नराख्ने प्रस्तावमा अमेरिकाले समर्थन जनाएको छ। खोपलाई बौद्धिक सम्पत्ति अधिकारअन्तर्गत नराख्ने विश्व व्यापार संगठनमा (डब्लुटिओ) अघि बढाइएको अभियानलाई अमेरिकाले समर्थन गरेको हो।

यसअघि, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारीको न्यूनिकरणका लागि ‘खोपको शुत्र’ लाई विश्वव्यापीकरण गर्न विश्वका सबै खोप निर्माता राष्ट्रहरूलाई आग्रह गरेको थियो।

अहिले खोप बनाइरहेका राष्ट्रहरूले विश्वका अरु पनि देशलाई खोप बनाउनका लागि त्यसको शुत्र दिनुपर्नेमा डब्लुटिओ र डब्लुएचओले जोड दिएका हुन्।

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले कोभिड–१९ संक्रमणको दर बढ्दै जाँदा र धेरै देशहरूमा खोप अभावको ‘गम्भीर समस्या’ सामना गर्नुपर्ने भन्दै खोप निर्माताले तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ती अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गरेका छन्।

टेड्रोसले राष्ट्रपति बाइडेनको पछिल्लो कदम कोभिड–१९ विरुद्धको लडाइँमा महत्तवपूर्ण क्षण भएको बताएका छन्।

भारत र दक्षिण अफ्रिकाले विश्वव्यापी रूपमा खोप उत्पादन वृद्धिका लागि मद्दत गर्ने भन्दै उक्त प्रस्ताव अघि सारेका हुन्। लगभग ६० वटा देशहरूले खोपको सर्वाधिकारलाई हटाउन ६ महिनादेखि अघि बढाएको प्रयासमा भारत र दक्षिण अफ्रिकाले मुख्य रूपमा आवाज उठाउँदै आएका छन्। यसअघिको ट्रम्प प्रशासन, युके र युरोपेली संघले त्यसको कडा विरोध गरिरहेको थियो।

खोपको बौद्धिक सम्पत्ति संरक्षण नराख्दा यसले उत्पादन वृद्धि र सुपथ मूल्यमा कम आय भएका देशमा पनि खोपको पहुँच पु¥याउन सकिने बताइएको छ।

तर, औषधि उत्पादकहरूले अहिले गरिएको प्रस्तावले सोचे अनुरूपको परिणाम दिन नसक्ने तर्क गरिरहेका छन्। उनीहरूले यस्तो कदमले नयाँ औषधि अन्वेषण र खोजमा अवरोध पु¥याउन सक्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको