भक्तपुरको खरिपाटीमा कोरोना अस्पताल सञ्चालन गरिने


विचार
आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको

आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम


भक्तपुर – सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीस्थित विद्युत प्राधिकरणको संरचनामा कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ। यसअघि क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाइएको सो क्षेत्रमा सरकारले कोभिड विशेष अस्पताल नै सञ्चालन गर्न लागेको हो।

बुधबार मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा सरोकारवाला मन्त्रालयका सचिवसहित बसेको बैठकले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रलाई आइसियु बेडसहितको कोभिड विशेष अस्पताल बनाई सञ्चालनमा ल्याउन निर्णय गरिएको बताइएको छ।

यसअघि, चीनको वुहानमा कोरोना भाइरस (कोभिड-१९) फैलिएपछि नेपाल फर्काइएका १ सय ७५ जना नेपालीलाई सरकारले खरिपाटीस्थित क्वारेन्टाइनमा राखेको थियो। विद्युत प्राधिकरणको चारवटा भवन प्रयोग गरी बनाइएको क्वारेन्टाइनमा सिसिक्यामरा, टेलिभिजन, स्पिकर, वाइफाइ जडान गरिएको छ। यहाँ खुला र पर्याप्त क्षेत्र रहेकाले पछिल्लो समय बागमती प्रदेश सरकारले यसलाई भक्तपुर अस्पतालको व्यवस्थापनमा आइसोलेसन सेन्टरसमेतका रुपमा प्रयोग गरिसकेको छ।

कोरोना भाइरसको दोस्रो लहरसँगै अस्पतालहरु संक्रमितबाट भरिन थालेपछि सरकारले यसपटक यसलाई कोभिड अस्पतालकै रुपमा रुपान्तरण गर्दै सञ्चालनमा ल्याउन लागेको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु