ओलीलाई कांग्रेसको जवाफ : विश्वासको मतको विपक्षमा मतदान गर्छौं


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वासको मतकाे विपक्षमा मतदान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्ट पारेको छ।
प्रधानमन्त्री ओलीसहित एमाले नेता र सभापति शेरबहादुर देउवालगायतका कांग्रेसका नेताहरूबीच बुधबार भएको भेटवार्तामा कांग्रेसले यस्तो जवाफ दिएको हो।

प्रधानमन्त्री ओली एमालेका नेतासहित सभापति देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए। भेटवार्तामा ओलीले वैशाख २७ गते हुन लागेको विश्वासको मतकाे पक्षमा मतदान गरेर आफूलाई सहयोग गर्न आग्रह गरेपछि कांग्रेस नेताहरूले अहिले सहयोग गर्न नसकिने जवाफ दिएका थिए।

‘उहाँले विश्वासको मतमा कांग्रेससँग सहयोगको अपेक्षा राख्नु भयो,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने,‘हामी विपक्षी पार्टी हौं। अहिले सहयोग गर्न सकिँदैन। विपक्षमा मतदान गर्छौं। अरूलाई पनि विपक्षमा मतदान गर्न आग्रह गर्छौ उहाँहरूलाई स्पष्ट भनेका छौं।’

लोकतन्त्रका लागि सँगै लडेको हिसाबले पनि सहकार्य र समर्थन गर्न उहाँहरूको आग्रह रहेको महतले बताए।

‘गण्डकी र लुम्बिनीको उदाहरण दिँदै भन्यौँ लोकतान्त्रिक संस्थाहरूलाई कमजोर गर्ने काम भएको छ,’ कांग्रेस नेताहरूको भनाइ उदृत गर्दै महतले भने,‘तपाईं लोकतन्त्रप्रति प्रतिवद्ध रहेको कुरा व्यवहारमा देखिनु पर्‍यो। व्यवहारमा नदेखिएसम्म सहयोग र समर्थन सम्भव छैन।’

व्यवहार परिवर्तन भए लोकतन्त्र मजबुत पार्ने सवालमा विपक्षी दल भए पनि कांग्रेस पछि नहट्ने नेताहरूको भनाइ रहेकाे उनले बताए।

भेटवार्तामा संविधानको उल्लंघन र लोकतान्त्रिक मूल्य मान्यताको प्रतिवद्धता पूरा गर्न सरकार कहाँ–कहाँ चुक्याे भनेर कांग्रेस नेताहरूले स्पष्ट पारेका थिए।

देउवासँग भेट्न प्रधानमन्त्री ओलीका साथै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, संविधानसभा अध्यक्ष सुवास नेम्वाङलगायतका देउवा निवास पुगेका थिए।

यसैगरी कांग्रेसको तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला र रमेश लेखक वार्तामा सहभागी थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको