आयाेमेल खोज- कोरोना खोपमा कमिसनकाे खेल

स्वास्थ्यमन्त्री त्रिपाठीले ४५ दिनसम्म घुमाइरहे रुसी खोपको फाइल


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


औषधी व्यवस्था विभागले वैशाख ७ गते रुसी खोप ‘स्पुटनिक-भी’लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दियो।

अनुमति पाउनका लागि खोप निर्माता कम्पनीले विभागमा फाइल बुझाएको लगभग ४५ दिन पुगिसकेको थियो।

विभागमा बुझाएको त्यो फाइल स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठीको टेबुलमा पुग्यो। त्यो बेला मन्त्री त्रिपाठी भारतको ‘कोभिसिल्ड’मा झुन्डिरहेका थिए।

माघ ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निकै हँसिलो मुहारका साथ भारतीय राजदूत विनयमोहन क्वात्रासँग दश लाख डोज कोभिसिल्ड ‘उपहार’लिएका मन्त्री त्रिपाठी वैशाख ७ सम्म आइपुग्दा लगभग गलिसकेका थिए। खासगरी भारतसँग खोप ल्याउने सन्दर्भमा।

खोप बनेको र आफ्नो देशमा विश्वकै ठूलो ‘खोप अभियान’ सुरु गरेको खुसियालीमा भारतले नेपाललगायत छिमेक तथा विश्वका अरु देशलाई पनि लाखौं डोज भ्याक्सिन ‘उपहार’ पठाइदिएको थियो।

त्यसलाई भारतले ‘भ्याक्सिनमैत्री’ अभियानको नाम पनि दियो।

यो अभियानसँग हौसिएका त्रिपाठीले कोभिसिल्ड उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियासँग तत्काल एउटा ‘डिल फाइनल’ गरे– २० लाख डोज कोभिसिल्ड किन्ने। प्रतिडोज ४ अमेरिकी डलरको भाउमा किन्ने भनेर उनले ८० प्रतिशत रकम पनि बुझाए।

एक महिनापछि कम्पनीले दश लाख डोज खोप पठाइदियो। बाँकी दश लाख डोज भने अझै दिएको छैन। किनिसकेको पूरै डोज खोप नपाउँदै नेपालले त्यही कम्पनीसँग थप ५० लाख डोज किन्ने प्रस्ताव गर्‌यो।

तर कम्पनीले अब सिधै सरकारलाई नबेच्ने र पहिलाको जस्तै ४ डलरमा दिन पनि नसकिने बतायो। नेपालका लागि उसले आफ्नो स्थानीय एजेन्ट हुकुम इन्टरप्राइजेजमार्फत खोप दिन सकिने बतायो।

कुरा १० प्रतिशतमा अड्कियो। एजेन्टले १० प्रतिशत कमिसन मागेपछि प्रस्तावहरू अघि बढेनन्। बार्गेनिङक चलिरह्यो।

त्यो बेलासम्म रुसी कम्पनीले ‘अनुमति’ मागेको फाइल मन्त्री त्रिपाठीकै टेबुलमा अड्किरहेको थियो।

‘अनुमतिका लागि धेरै पहिला नै फाइल बुझाइएको रहेछ’ रुसी खोप कम्पनीका नेपाल प्रतिनिधिले भने ‘तर किन हो कुन्नी त्यसलाई मन्त्रालयका टेबल टेबल घुमाइयो।’

दिनहरू बितिरहेका थिए। भारतीय खोप ल्याउनका लागि एजेन्टहरूसँग कमिसनको कुरा मिलिरहेको थिएन।

प्रधानमन्त्रीले मन्त्री त्रिपाठीका कुरै सुन्न छोडिसकेका थिए। स्वास्थ्य मन्त्रालयमात्रै होइन, प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयका ‘महत्वपूर्ण’ फाइलहरू आफैं हेर्छन् र त्यो मुद्दामा मन्त्री होइन, सिधै सचिवसँगै व्रिफिङ लिन्छन्।

यत्तिकैमा भारतमा दोस्रो लहरको कोरोना भाइरसको महामारी भयानक हुन थाल्यो। भारतले खोपको निर्यातमा रोक लगायो।

अब भारतबाट खोप नपाउने लगभग पक्कापक्की भयो।

‘स्पुटनिक-भी’ नेपाल आयात गर्न स्विकृतिका लागि विभिन्न व्यापारिक फर्मले कोसिस गरेका थिए।

तर गत फागुनमा रुसी खोप निर्माता कम्पनीका प्रतिनिधिहरू नेपाल आएर स्थानीय सम्भाव्य फर्महरूसँग संवाद गरेका थिए। त्यसक्रममा उनीहरूले नेपालका लागि लोमस फर्मास्युटिकल कम्पनीलाई स्थानीय प्रतिनिधिका रुपमा चयन गरेका थिए। र सँगसँगै स्वास्थय मन्त्रालयमा स्विकृतिका लागि कागजात बुझाइएको थियो।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ९० प्रतिशत भन्दा धेरै प्रभावकारी मानिने रुसी खोपलाई रोक्न नेपालमा कोभिसिल्डको व्यापारमा केन्द्रित समूह सक्रिय भए। र त्यसको प्रभावमा मन्त्रालय पनि पर्‍यो।

‘सुरुमा पनि त्यसको विश्वसनियतामा प्रश्न उठाइयो। त्यो बेला नै हामीले रुस सरकारसँगै समन्वय गरेको भए सायद हामीले भारतभन्दा अघि नै रुसी खोप लगाउनसक्ने स्थिति हुनेथियो’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले भने ‘भनेजसरी काम हुन सकेन। कोरोना खोपमाथि धेरैको धेरैथरि स्वार्थ देखिन्छ। कमिसनका अनेक चक्करहरू देखिए।’

गत फागनुमा नेपालका आएका रुसी खोप उत्पादक कम्पनीका प्रतिनिधहरुले नेपाललाई आवश्यक परेमा साढे २ करोड डोजभन्दा पनि धेरै दिन तयार रहेको बताएका थिए।

तर, अहिले अन्तिममा स्वास्थ्य मन्त्रीले ५० लाख डोज सम्म आयातका लागि कुराकानी अगाडि बढाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

यसअघि रुसी भ्याक्सिनका नेपाल ल्याउन भएका प्रयास

त असोजतिर नेपालमा पहिलो लहरको कोरोना संक्रमण उच्च विन्दुमा पुगिसकेको थियो। त्यही बेला यहाँको एउटा औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्स कम्पनीले २ करोड ५० लाख डोज रुसी खोप ल्याउने सम्झौता गरेको खबर सार्वजनिक भयो।

खोप ल्याउनका लागि रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग सम्झौता भएको त्यो खबर केही क्षणमै भाइरल भयो। आयोमेलले पहिलोपटक त्यो खबर सार्वजनिक गरेको थियो।

पछि स्वास्थ्य मन्त्रालयले प्रक्रिया नै नपुराएरै कुनै पनि खोपहरू ल्याउन नमिल्ने भन्दै त्यो सम्झौतालाई ‘अनधिकृत’ भनिदियो।

त्यो बेलासम्म नेपाल सरकारले विश्वका कुनै पनि खोपहरूलाई प्रयोगका लागि अनुमति दिएको थिएन। त्यत्तिबेला अमेरिकाको फाइजरले बनाएको खोप पनि तयारी अवस्थामा थियो। रुस सरकारकै लगानीमा बनेको त्यो खोप त त्यहाँका राष्ट्रपति भ्लादमिर पुटिनकी छोरीले नै लगाएर त्यसप्रति ‘विश्वस्त’ बनाउन खोजिएको थियो।

भारतले बनाइरहेका दुई खोपहरू परीक्षणका अन्तिम चरणमा थिए।

‘स्पुत्निक-भी’ ९२ प्रतिशतभन्दा धेरै प्रभावकारी भएको तथ्यहरू यसअघि नै सार्वजनिक भइसकेका छन्।

त्यो बेला सम्झौता भएको रुसी खोपको साढे २ करोड डोज नेपालको ९० प्रतिशत जनसंख्यालाई लगाउन पुग्ने थियो। यो भ्याक्सिन ‘ह्युमन एडेनोभाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको