गण्डकी प्रदेश प्रमुखद्वारा पदभार ग्रहण


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार पदभार ग्रहण गरेकी छन्। प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै प्रदेश प्रमुख पौडेलले आफू प्रदेशको अभिभावकका रुपमा रही ऐन, नियम र कानूनको परिधिलाई ध्यानमा राखेर हरेक परिस्थितिमा सहजीकरण गरी अभिभावकीय जिम्मेवारी पूरा गरिने बताइन्।

प्रदेशमा देखिएका समस्या समाधानका लागि नियमकानूनअनुसार स्वतन्त्र र निष्पक्ष ढंगले समन्वय र सहजीकरण गरेर अघि बढ्ने बताउँदै उनले यसका लागि सबैको साथ र सहयोग औँल्याइन्।

पदभार ग्रहण कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति थियो । सो अवसरमा प्रदेश प्रमुख पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । सङ्घीय सरकारका सिफारिसमा राष्ट्रपतिबाट यही वैशाख २० गते प्रदेश प्रमुखको शपथ ग्रहण गर्नुभएका पौडेल मंगलबार पोखरा आएकी हुन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने