अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई सेनाले भन्यो– तयारी हालतमा रहनू, फेरि ड्यूटीमा आउनुपर्ने हुनसक्छ


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


नेपाली सेनाले आफ्ना अवकाश प्राप्त स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। देशमा कोरोना संक्रमण बढिरहेका बेला सेनाले जनशक्त्तिको ‘ब्याकअप’ गर्न यस्तो निर्देशन दिएको हो।

प्रधान सेनापतिको अध्यक्षतामा बसेको एउटा विशेष बैठकले २०७२ सालभन्दा पछि सेनाको स्वास्थ्य सेवाबाट अवकाश पाएका सबै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको सेनाका प्रवक्त्ता सन्तोष बल्भव पौडेलले बताए।

‘कुनै पनि बेला उहाँहरूलाई बोलाउन सकिन्छ। त्यसका लागि तयारी अवस्थामा रहन भनेका हौं’ उनले भने ‘राष्ट्रलाई आवश्यक परेका बेला कुनै पनि अवकाश प्राप्त सैन्य व्यक्त्ति ड्यूटीमा आउनुपर्ने हुन्छ। यो हामी सबैको कर्तव्य हो।’

उनका अनुसार २०७२ सालपछि करिब ३२० भन्दा धेरै स्वास्थ्यकर्मीले सैनिक सेवाबाट अवकाश पाएका छन्। देशमा संक्रमण रोकथामका लागि जनशक्त्ति आवश्यक पर्नसक्ने भन्दै सेनाले उनीहरूलाई ‘रिकल टु ड्यूटी’ अर्थात् तयारी हालतमा रहन निर्देशन जारी गरेको हो।

पौडेलका अनुसार नेपाली सेनासँग अहिले सैनिक अस्पताल छाउनीबाहेक नेपालगन्ज, पोखरा र इटहरीमा ठूला अस्पताल सन्चालनमा छन्। यी सबै अस्पताल ७५–७५ बेडका छन्।

त्यस्तै मध्यमस्तरका धनगढी, महोत्तरी र वर्दीवासमा पनि अस्पतालका छन् भने १६ वटा बाहिनीमा त्यो भन्दा साना अस्पताल सञ्चालनमा छन्।

यी सबै अस्पतालहरूमा सेनका करिब २ हजारदेखि २३०० सम्म  स्वास्थ्य जनशक्त्ति कार्यरत छन्।

सेनाले काठमाडौंसहित देशभरका नाकाहरूमा आइसोलेसनसहितको होल्डिङ सेन्टर पनि बनाउँदैछ। देशभरका आठ स्थानमा बन्ने यी होल्डिङ सेन्टरमा अस्पतालसहितको सुविधा हुनेछ।

त्यसका लागि अहिले डिजाइनको काम भइरहेको पनि प्रवक्ता पौडेलले जानकारी दिए। केही दिनमै डिजाइन फाइनल भएपछि जग्गा प्राप्तिका लागि गृहमन्त्रालय र बजेटका लागि अर्थ मन्त्रालयसँग छलफल गरिने उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको