वैशाख २७- आफैं फेल हुने परीक्षा किन दिँदैछन् ओली?

ओलीलाई हराउन ओलीलाई नै जिताउनुपर्छ!


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटनकाे निर्णय गरेपछि हरेक दिन त्यसकाे बचाउमा लागे र अझै पनि लागिरहेकै छन्। 
पार्टीभित्रैबाट काम गर्न नदिएकाे उनकाे आराेप अहिले पनि संसदले काम गर्नै सकेन भन्नेमा पुगेकाे छ।

अर्थात कुनै पनि हालतमा ओली पुस ५ काे औचित्य पुष्टि गर्न चाहान्छन्। र त्यसैकाे सिलसिला हाे उनले वैशाख २७ गते लिन लागेकाे विश्वासकाे मत।

त्यसाे त नेपालकाे संविधानले नै प्रधानमन्त्रीले जुनसुकै समयमा आफूसँग बहुमत छ भन्ने स्पष्ट हुन चाहे विश्वासकाे मत लिनसक्ने व्यवस्था छ। तर त्यसकै लागि मात्र विशेष अधिवेशन आह्वान हुने कुनै व्यवस्था छैन। एक चाैथाई सांसदले कुनै विशेष प्रयाेजन खुलाएर समावेदन दिएकाे हकमा भने विशेष अधिवेशन आह्वान हुनसक्छ।

तर, काेराेना भाइरस संक्रमणले नागरिक त्राहिमाम बनेका बेला स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारका नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने समयमा प्रधानमन्त्री विश्वासकाे मत लिन खाेज्दैछन्। आखिर किन ? 

यसकाे जवाफ विपक्षी दलहरुले मज्जाले बुझेका छन् एमालेभित्रकै नेपाल-खनाल समूह पनि यसमा जानकार छ  कि, ओलीले सत्ता टिकाउनकै लागि विश्वासकाे मत लिन लागेका हाेइनन्।

‘ओलीजी कुनै पनि हालतमा म सही थिएँ भन्ने पुष्टि गर्न चाहानुहुन्छ, सरकार नै टिकाउन चाहेकाे भए त हामीसँग छलफल गर्नुहुन्थ्याे नि,’ नेपाल–खनाल समूहका एकजना नेताले भने, ‘यसबाट उहाँ एमाले पनि औपचारिक विभाजन गराउन खाेज्दैहुनुहुन्छ।’

यता माओवादी केन्द्र र कांग्रेसकाे निष्कर्ष पनि यही छ,’ओली साँच्चै सत्ता टिकाउन चाहान्थे भने नियमित अधिवेशनबाटै विश्वासकाे मतका लागि प्रस्ताव राख्थे, तर विशेष अधिवेशन बाेलाउनुकाे तात्पर्य उनी आफैैं ढुक्क छन् , मलाई मत दिँदैनन् ।’

आफैं फेल हुने परीक्षा किन दिँदैछन् ओली?

प्रधानमन्त्री ओलीले विश्वासकाे मत लिनुका पछाडि दुई कारण छन्।

पहिलाे, एमालेभित्रकै नेपाल-खनाल समूहकाे परीक्षा लिने। र दाेस्राे, पुस ५ काे आफ्नाे निर्णय सत्य सावित गर्ने र फेरि चुनावमै जाने।

किनकि, ओलीसँग वार-पारकाे लडाईंमा रहेकाे नेपाल खनाल समूह यतिबेला प्रतिष्ठाकाे लडाइँ लडिरहेकाे छ। ३० जना सांसदसँग स्पष्टीकरण साेधेर कारवाहीकाे ढड्डा तयार राखेका ओलीले जुनसुकै समय उनीहरुलाई निष्कासन गर्न सक्छन्।

 कुनै पनि हालतमा ओली हराउन लागिपरेकाे याे समूहले ओलीलाई मत नदिए ह्वीप उल्लंघन गरेकाे भन्दै ओलीले सांसदबाट हटाउन सक्छन्। र उनले चाहेजस्ताे, नेपाल-खनालमुक्त एमाले बनाउन सक्छन्। नेता-कार्यकर्तासामू राख्ने स्पष्ट कारण पनि ओलीले पाउँछन्।

दाेस्राे, विश्वासकाे मत नपाए संविधानबमाेजिम अन्य वैकल्पिक सरकार निर्माणकाे बाटाे खुल्नेछ।

तर ओली यसमा ढुक्क छन् कि, विपक्षी मिल पनि संयुक्त सरकार अब बन्न सक्दैन । कारण, उनले विपक्षी मध्येकाे एक जसपालाई दुई चिरा पारिसकेका छन्।

यस्ताेमा नयाँ सरकार बनाउन विपक्षीसँग मत पुग्दैन। र अन्तत: फेरि गाेल ओलीकै हुनेछ। ठूलाे दलका हैसियतमा अल्पमतकाे सरकार उनकै नेतृत्वमा बने पनि उनले विश्वासकाे मत पाउनेछैनन्। 

कुनै एक सदस्यले बहुमत पुर्‌याउँछु भनेर प्रधानमन्त्रीमा दाबी गर्नसक्ने अवस्था छैन। अन्तत: प्रधानमन्त्री नै चुन्न नसकेकाे सदन बैधानिक रुपले विघटन हुनेछ र चुनावकाे घाेषणा गरिनेछ।

अर्थात संसद विघटनकाे यसअघिकाे निर्णय असंवैधानिक भनेर बदर गरिएकाे ‘इगाे’लाई ओलीले संविधानत: देखाइदिन चाहेका छन्। 

२७ अघिनै बाटाे सहज 

तर वैशाख २७ गते ओलीले विश्वासकाे मत लिनु अगावै उनी अल्पमतमा परेका छन्। कारण, २०७४ साल फागुनमा ओली प्रधमनमन्त्री बन्दा माओवादी केन्द्रकाे समर्थन थियाे। जसका कारण उनी संविधानकाे धारा ७६(२) अन्तर्गत संयुक्त सरकारका प्रधानमन्त्री नियुक्त भएका थिए।

पछि एमाले र माओवादीकाे एकीकरणपछि, उपधारा १ बमाेजिम बहुमतकाे प्रधानमन्त्री बने। तर फागुन २३ काे सर्वाेच्चकाे फैसलाले नेकपा खारेज गरेपछि पुन: उनी उपधारा(२) का प्रधानमन्त्री बन्न पुगे। 

तर मंगलबार माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएकाे समर्थन फिरेता लिने औपचारिक निर्णय गरेसँगै सरकार अल्पमतमा परेकाे छ। 

जसले जसरी पनि चुनावमै जान चाहेका ओलीका लागि झनै सहज अवस्था बनाइदिएकाे विश्लेषण भइरहेकाे छ।

आयाेमेलसँगकाे अनाैपचारिक कुराकानीमा कम्युनिष्ट आन्दाेलनलाई नजिकबाट नियालेका एकजना बाम विश्लेषकले भने, ‘विश्वासकाे मत लिनु अगावै ओलीजी अल्पमतमा पर्नुभयाे, यसले अबकाे खेल ओलीलाई नै सहज बनाएकाे म देख्छु। किनकि, अब अल्पमतकाे प्रधानमन्त्रीका हैसियतमा उनले विश्वासकाे मत माग्छन् तर पाउँदैनन्। अल्पमतकै अवस्थामा पुगेपछि फेरि नयाँ सरकार गठनकाे लागि आह्वान हुन्छ भन्ने लाग्दैन, त्यसैले कामचलाउ प्रधानमन्त्रीका रुपमा ओलीले संसद भंग गर्नेछन्, उनकाे निर्णयमा राष्ट्रपतिकाे लालमाेहर तुरुन्त लाग्नेछ।’

अब के त ? 

प्रतिनिधि सभा विघटन गर्ने ओलीकाे निर्णयलाई विपक्षीहरुले गलत भन्दै आएका छन्। तर ओली म सही थिएँ भनिरहेका छन्, र त्याे साबित गर्न उनले संसदलाई समेत निस्काम बनाइरहेका छन् । तर विश्लेषक भने ओलीलाई गलत साबित गर्न अझै पनि विपक्षीसँग माैका रहेकाे ठान्छन्। 

किनकि, यदि विश्वासकाे मतमा ओली हार्ने तर नयाँ सरकार पनि बन्न नसक्ने अवस्था बन्याे भने ओलीले चाहेकाे चुनावतर्फ मुलुक जान बाध्य हुनेछ। 

र यसलाई संविधानले पनि राेक्नसक्ने छैन। अर्थात् ओलीले विघटनकाे यसअघिकाे निर्णय सही थियाे भनेर दुनियालाई भन्न सक्छन्।

‘तर यदि, ओलीजी गलत थिए भन्ने फेरि पनि पुष्टि गर्नुछ भने, दलहरुले विश्वासकाे मतमा ओलीलाई जिताउनु पर्छ, ओलीलाई हराउन यसबाहेक अर्काे विकल्प म देख्दिन,”अनाैपचारिक कुराकानीमा एकजना विश्लेषकले भने। 

उनका अनुसार,  ओलीले गर्दै आएका काम गलत थिए भनेर पुष्टि गर्न र ओली षड्यन्त्र विफल पार्न पनि दलहरुले ओलीलाई विश्वासकाे मत दिनुपर्छ। यसले  प्रतिनिधिसभाकाे पूर्ण कार्यकाल व्यतित हुनेछ। संविधानकाे स्पिरिट पनि कार्यान्वयन हुनेछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको