जब अन्मिएर बिदा भएकी छोरी कहिल्यै नफर्कने बाटो गइन्…


विचार
आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत


भक्तपुर-विवाह, नयाँ जीवनको सुरुवात। विवाहपछि खुसी र सुखी जीवन बिताउने सपना सजाएका हुन्छन् सबैले। तर, त्यही विवाह जीवन अन्त्यको कारक बन्ला भनेर कसले सोच्छ र?

भक्तपुरकी २३ वर्षीया युवतीकाे जीवनमा भयो त्यस्तै। विवाह भएको भोलिपल्टै कोरोना संक्रमित भएकी उनी आइसियुमा भर्ना भइन् र विवाहको नाै दिनमै भक्तपुर अस्पतालमा जीवनको अन्तिम श्वास फेरिन्। माइतीघरबाट अन्मिएर बिदा भएकी छोरी कहिल्यै नफर्कने बाटो गइन्।

भक्तपुर अस्पतालका डा. सुनिल ढुंगेलले वैशाख १२ गते आइतबार युवतीलाई अस्पताल ल्याइएको बताए। अस्पताल ल्याउँदा उनलाई सुख्खा खोकी र ज्वरो थियो। सास फेर्न गाह्रो भइरहेको थियो।

चिकित्सकहरूका अनुसार उनको अक्सिजन लेभल ५० मात्र देखाएको थियो। चेकअपका क्रममा उनको दुवै फोक्सोमा निमोनिया भइसकेको पाइएको थियो।

‘कोभिडका बिरामीलाई त्यसै पनि श्वासप्रश्वासको समस्या हुन्छ, त्यसमाथि उनको फोक्सो निमोनियाले खाइसकेको थियो,’ ढुंगेलले भने। आइसियु खाली थिएन। ननकोभिड बिरामीलाई सारेर उनलाई आइसियुमा राखियो। डा. ढुंगेलका अनुसार उनलाई अक्सिजन र कोभिडमा प्रयोग गरिने सबै औषधी चलाइयो। उनलाई रेमडेसिभिर पनि चलाइयो। तर, स्वास्थ्यमा केही सुधार भएन।

‘वैशाख १८ गते भेन्टिलेटरमा राखेर सतप्रतिशत अक्सिजन चलाइयो, एकचोटि प्लाज्माथेरापी विधि पनि चलाइयो,’ उनले भने, ‘तर, वैशाख २० गते दिउँसो २ बजे उनको मृत्यु भयो। बचाउन सकिएन।’

युवतीका परिवारका अनुसार केही दिनदेखि उनलाई रुघाखोकी लागिरहेको थियो। ‘मौसम परिवर्तनका कारण सामान्य रुघाखोकी भनेर बसेका थियाैं, यस्तो होला भनेर कसले सोचेकाे थियाे र?,’ परिवारका एक सदस्यले भने।

अहिलेको अवस्थामा डराएर आत्तिन पनि नहुने र नडराइ सामान्य हो भनेर हेलचेक्र्याइँ पनि गर्न नहुने अवस्था भएको उनीहरू बताउँछन्।
युवतीका काकाले छोरीको निधनबाट परिवार एकदम स्तब्ध भएको बताए।

‘विवाहको भोलिपल्ट दुलही फर्काउने चलन छ, त्यसका लागि ज्वाइँको घरमा पुगेका थियौं,’ उनले भने, ‘छोरीले खोकी लागेर गाह्रो भयो भनेपछि ज्वाइँले भक्तपुर अस्पताल नै लैजाऔं भनेर त्यहाँ लगियो, त्यहाँ पिसिआर टेस्ट गर्दा पोजिटिभ देखायो।’

अस्पतालमा आइसियुमा भर्ना भएकी छोरीको मृत्यु भएको खबर बाहिर आउँदा आफूहरू स्तब्ध भएको उनले बताए। अहिले परिवारका सदस्यहरू शोकमा छन्। उनीहरूको मागी विवाह भएकाे थियो।

उनले अहिले बेहुलीकी आमा, बुबा, ठूलोबुबा र ठूली आमा पनि कोरोना पोजिटिभ भएर होम आइसोलेसनमा बसिरहेको बताए। साथै आफ्ना दुई छोरीलाई पोजिटिभ भएको र अवस्था सामान्य भएको पनि उनले बताए।

युवतीले एक दिनमात्र दाम्पत्य जीवन बिताउन पाइन्।

उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिएको थियो।

अस्पतालमा स्वयंसेवकका रूपमा खटिएका ‘आरएनए १६’ का संयोजक अरुण सैंजुले सोमबार दिउँसो २ बजे अस्पतालमा रुवाबासी नै भएको सुनाए।

‘नरोउन् पनि कसरी, वृद्धावस्थामा भएका व्यक्ति वा पहिलेदेखि रोग लागेका व्यक्ति भए अर्को कुरा,’ उनले भने, ‘केही नभएकी नयाँ बेहुलीकाे यसरी विवाह भएको १० दिनमा नै निधन हुँदा कसको आँसु झर्दैन र?’

उनले विवाहमा होसियारी अपनाउन नसक्दा दुर्घटना भएको बताए। ‘आफन्तलाई कोरोना नलागेसम्म कोरोना केही होइन भनी नबसौं,’ उनले आग्रह गरे।

अहिले कोरोना लागेको अवस्थामा आइसियुमा राख्नुपर्दा आइसियु नै नभएको उल्लेख गर्दै उनले भने, ‘अति आवश्यक परेको खण्डमा मात्र स्वास्थ्य मापदण्ड अपनाएर घर बाहिर निस्कौं।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न