बाबु्राम-उपेन्द्रलाई महन्थको काउन्टर


विचार
आयोमेल संवाददाता
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक

आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो

आयोमेल संवाददाता
रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर


काठमाडौं–वैशाख १४ गते जनता समाजवादी पार्टी (जसपा) का बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले छुट्टै कार्यकारिणी समितिको बैठक बोलाएर लुम्बिनी सरकारमा मन्त्री बनेका चार प्रदेश सांसदलाई कारबाही गर्ने निर्णय गर्‍यो।

कार्यकारिणी समितिका ५१ मध्ये २६ सदस्यले त्यो निर्णयमा हस्ताक्षर गरेको थियो। त्यो संख्या बहुमतबाट निर्णय गर्न पर्याप्त छ।

बाबुराम–उपेन्द्र पक्षले बहुमतको संख्याबाट भएको निर्णयकै आधारमा लुम्बिनी संसदीय दलको सिफारिसमा प्रदेशसभा सचिवालयले चारै प्रदेश सांसदहरूलाई पदमुक्त गरिसकेको छ।

अप्रत्याशित रूपमा बाबुराम–उपेन्द्र पक्षले बहुमतबाट निर्णय गरेपछि जसपाको आन्तरिक राजनीति अहिले तरंगित भएको छ।
महन्थ पक्षले त्यो निर्णयलाई फर्जी भनेको छ भने बाबुराम–उपेन्द्र पक्षले बहुमतको निर्णय।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने–नगर्ने विषयमा पार्टीभित्र अन्तरसंघर्ष चलिरहे पनि बाबुराम–उपेन्द्र पक्षले यसरी गोप्य तरिकाले निर्णय गर्लान् भनेर महन्थ पक्षले सोचेका थिएनन्।

लुम्बिनीका प्रदेश सांसदहरूलाई कारबाही गर्ने निर्णय गरेर बाबुराम–उपेन्द्र समूहले आफूहरू बहुमतमा रहेको सन्देश महन्थ पक्षलाई दिन खोजेको प्रष्ट छ।

बाबुराम–उपेन्द्र समूहले छुट्टै बैठक राखेर निर्णय गरेको एक साता नबित्दै महन्थ–राजेन्द्र समूहले पनि हस्ताक्षर अभियान सुरू गरेको छ।

महन्थ–राजेन्द्र समूहले आफूपक्षीय संघीय सांसद र कार्यकारिणी सदस्यहरूलाई काठमाडौं बोलाएर हस्ताक्षर अभियान सुरू गरेको छ।

कतिपयलाई बबरमहलस्थित पार्टी कार्यालय बोलाएर र कतिपयको घरसम्मै पुगेर महन्थ–राजेन्द्र समूहले हस्ताक्षर गराइरहेका छन्।

जसपा कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले हस्ताक्षर लिने काम भइरहेको आफूले पनि सुनेको तर के प्रयोजनका लागि हो जानकारी नरहेको आयोमेलसँग बताए।

‘हस्ताक्षर लिने काम भइरहेको मेरो पनि जानकारीमा आएको छ,’ उनले भने,‘किन र के का लागि हो थाहा भएन। एक दुई दिनभित्र केही आउला।’

प्रधानमन्त्री ओली वैशाख २७ गते संसदमा विश्वासका मत लिइरहेका छन्। र, ओलीकै पक्षमा मतदानका लागि निर्णय गर्न बहुमतको संख्या पु¥याउन हस्ताक्षर लिने काम भएको हुनसक्ने जसपाका एक नेताले बताए।

‘उपेन्द्रजीले छुट्टै बैठक राखेर बहुमत संख्या पु¥याएर लुम्बिनी प्रकरणमा निर्णय गराउनु भयो। वैशाख २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिने कुरा छ,’ ती नेताले भने,‘त्यो प्रयोजन र अर्का अध्यक्ष उपेन्द्रजीलाई काउन्टर दिन पनि यो काम भएको हुनसक्छ।’

तर, जसपाका सांसद प्रमोद साह सत्ता समीकरणलगायतका निर्णय लिन सक्ने अधिकार अध्यक्ष ठाकुरलाई प्रत्यायोजन गर्न हस्ताक्षर गरिएको बताउँछन्।

सरकारलाई बाँकी माग पूरा गराउने विषय र अध्यक्ष ठाकुरलाई अन्य विषयमा निर्णय गर्न सक्ने अधिकार प्रत्यायोजन गर्ने बैठकको माइन्युटमा हस्ताक्षर गरिएको उनको भनाइ छ।

बाहिर आएको जस्तो सादा कागजमा हस्ताक्षर लिने काम नभएको उनको दावी छ।

बाबुराम–उपेन्द्र पक्षले वैशाख १४ गते बोलाएको कार्यकारिणी समितिको बैठकलाई महन्थ–राजेन्द्र पक्षले एकलौटी भनेको छ। आफूहरूलाई जानकारी नै नदिई बोलाइएको बैठकका निर्णय मान्य नहुने उनीहरूको भनाइ छ।

सरकारसँग वार्ता गर्न नेता कर्ण र सवेन्द्रनाथ शुक्ला सम्मिलित दुई सदस्यीय कार्यदल पनि पार्टीमा निर्णय नै नगरी बनाइएको बाबुराम–उपेन्द्र पक्षको काउन्टर छ।

‘वैशाख १४ को कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले हस्ताक्षर गरेका छन्। त्यो कसरी अवैधानिक भयो?,’ जसपा कार्यकारिणी सदस्य एवं प्रदेश २ का मन्त्री विजय यादव भन्छन्,‘त्यो अवैधानिक हो भने दुई सदस्यीय कार्यदल गठन पार्टीमा कहिले निर्णय भयो? देखाइदिनु पर्‍यो।’

जसपाका महन्थ–राजेन्द्र र बाबुराम–उपेन्द्र दुबै पक्ष अहिले पार्टीको कार्यकारिणी समिति र संसदीय दलभित्र बहुमत जुटाउने कसरतमा जुटेका छन्। ५१ सदस्यीय कार्यकारिणी समितिमा पूर्वराजपाका २६ र पूर्व समाजवादी पार्टीका २५ जना छन्।

पूर्वराजपाका महेन्द्रराय यादव बाबुराम–उपेन्द्रतिर लाग्दा यो समूह बहुमतमा देखिएको छ। यसैगरी पूर्वराजपाकै अन्य तीन जना पनि आफूहरू सँगै आउने बाबुराम–उपेन्द्र समूहको एक नेताको दावी छ।

यता संसदीय दलमा पनि दुबै पक्षको १६/१६ जना सांसद छन्।

पूर्वराजपाका राय बाबुराम–उपेन्द्रतिर लागेका छन् भने उमाशंकर अरगरिया र विमल श्रीवास्तव महन्थ–राजेन्द्र समूहलाई सहयोग गर्ने संकेत दिएका छन्। पूर्वसमाजवादी पार्टीका दुईजना सांसद आफूहरूसँग आएपछि संसदीय दलमा बहुमत पुग्ने महन्थ–राजेन्द्र समूहको आँकलन छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।

जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो लहर ‘हरर स्टोरी’ मा परिणत हुन थालेको छ। भारतका विभिन्न

रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर झारिएको छ। अर्थमन्त्री विष्णु पौडेलको पहल तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा

भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ। अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतम