विवाह भएको १० दिनमै कोरोना संक्रमणबाट युवतीको मृत्यु


विचार
आयोमेल संवाददाता
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु,…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ।

आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा


भक्तपुर–भक्तपुर अस्पतालमा सोमबार कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। अस्पतालको आइसीयुमा उपचारका क्रममा २३ वर्षीया युवतीको मृत्यु भएको हो। वैशाख १२ गते विवाह भएकी ती युवतीको १० दिनमै मृत्यु भएको हो।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले युवतीलाई बचाउन नसकेकोमा दुःख व्यक्त गरिन्। अहिलेको यो नयाँ भेरियन्ट एकदम खतरनाक रहेको उल्लेख गर्दै उनले भनिन्, ‘अहिले यो भेरियन्टले सबै उमेरका व्यक्तिहरुलाई प्रभावित पारेको छ, त्यसैले यसलाई हेलचेक्र्यार्इँ नगरी सुरक्षित भएर घरमा बसौं।’

हाल अस्पतालमा ५६ जना संक्रमित उपचारत रहेको र सबैलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको उनी बताउँछिन्।

मृतक युवतीका परिवारलाई पनि कोरोना संक्रमण भएको जनाइएको छ। भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएकी युवतीलाई स्वास फेर्न समस्या भएपछि उनलाई आइसीयुमा सारिएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु, ५४५५ जना…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो बीचमा ८१६७ जना संक्रमित

नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको बताएका छन्। शुक्रवार

कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड

महामारीमा सरकारी अकर्मण्यताः प्रदेश सरकारविरुद्ध जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।