एप्पलको ‘फोल्डिङ सेट’ २०२३ मा बजार आउने


विचार
आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो

आयोमेल संवाददाता
रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर

आयोमेल संवाददाता
भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ।


आइफोन निर्माता एप्पलले सन् २०२३ मा ‘फोल्डिङ सेट’ सार्वजनिक गर्ने भएको छ। एप्पलका उत्पादनहरूको विश्लेषण गर्ने एक वरिष्ठ विश्लेषकले यस्तो खुलासा गरेका हुन्।

टिएफआइ सेक्युरिटिजका विश्लेषक मिङ–ची कुओले सूचना प्रविधि उद्योगमा आधारित रहेका तयार पारिएको एक सर्वेक्षणका अनुसार एप्पलको उक्त फोल्डिङ सेट दुई वर्षभित्र बजारमा आउने बताए।

उनका अनुसार २०२३ मा १ करोड ५० लाखदेखि २ करोडथान एप्पल फोल्डिङ सेट ग्राहकका हातमा पुग्ने छ। नयाँ मोडेलमा आठ इन्चको फोल्डिङ ओएलइडी डिस्प्ले हुनेछ । यसको अर्थ ७.९ इन्चको मिनी आइप्याडभन्दा यसको स्क्रिन सामान्य ठूलो हुन्छ।

एप्पलको फोल्डिङ सेट अहिले प्रमुख स्मार्टफोन ब्रान्डहरूका लागि ‘हुनैपर्ने’ मोडेल भएको कुओले बताए।

‘फाइभ जीपछि फोल्डिङ स्मार्टफोन महँगा मोडेलका सेट बिक्री गर्ने एउटा नवीन अध्याय हुने निश्चित छ,’ कुओले भने।

सामसङ, ह्वावे, र साओमीले नयाँ रेन्जका सेट बजार ल्याइसके पनि भाउ अत्यधिक महँगो भएका कारण अधिकांश ग्राहकको पहुँच बाहिर भएको छ। एप्पललाई पनि बजारमा उल्लेख्य उपस्थिति देखाउन केही व्यवधान देखिएका छन्।

एप्पलका अधिकांश आइप्याडमा लेख्नका लागि एउटा एप्पल पेन्सिल उपलब्ध गराइएको हुन्छ तर अधिकांश फोल्डिङ सेटले त्यस्ता पेन्सिल सपोर्ट नगर्ने भएका कारण परम्परागत स्मार्टफोनका दाँजोमा फोल्डिङ सेट ग्राहकका लागि अनुपयुक्त हुने सम्भावना नकार्न नसकिने विश्लेषक कुओको भनाइ छ।

‘एप्पलले फोल्डिङ सेटको ट्रेन्डलाई नेतृत्व गर्ने गरी काम गरिरहेको छ,’ विश्लेषक कुओले भने, ‘स्मार्टफोन, ट्याब्लेट र ल्यापटपमा भएका भिन्नतालाई हटाउने एप्पलको लक्ष्य छ।’

(एजेन्सी)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो लहर ‘हरर स्टोरी’ मा परिणत हुन थालेको छ। भारतका विभिन्न

रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर झारिएको छ। अर्थमन्त्री विष्णु पौडेलको पहल तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा

भक्तपुर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु

भक्तपुर–भक्तपुर अस्पतालले आफ्नै अक्सिजन प्लान्ट राख्ने प्रक्रिया सुरु गरेको छ। अक्सिजनको हाहाकारले उपचार प्रभावित भएपछि मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतम

भारतमा कोभिसिल्डको दुवै डोजको अन्तर १६ हप्ता बनाइयो

काठमाडौं–भारतीय चिकित्सकहरुले कोरोनाविरुद्धको खोप कोभिसिल्डको पहिलो र दोस्रो डोजबीचको अन्तर बढाएका छन्। उनीहरुले दुवै डोजको अन्तर १२ देखि १६ हप्ता