सुनको भाउ बढ्दो क्रममा, आज कति?


विचार
आयोमेल संवाददाता
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु,…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ।

आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा




बहुमूल्य पहेँलो धातु सुनको भाउ तीन दिनदेखि बढिरहेको छ। आज मंगलबार पनि तोलामा २ सय रुपैयाँ वृद्धि भएको छ। सोमबार तोलामा ४ सय रुपैयाँ बढेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल (२४ क्यारेट) सुनको भाउ मंगलबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार ९० हजार ४ सय, आइतबार ९० हजार र गएको शुक्रबार ८९ हजार ९ सय रुपैयाँ थियो।

त्यसैगरी तेजाबी (२२ क्यारेट) सुनको भाउ मंगलबार ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। तोलामा २ सय रुपैयाँ बढेको हो। हिजो सोमबार ८९ हजार ९ सय, आइतबार ८९ हजार ५ सय र शुक्रबार ८९ हजार ४ सय ५० मा अडेको थियो।

त्यस्तै चाँदीको भाउ भने तोलामा २५ रुपैयाँ वृद्धि भएको छ। शुक्रबारदेखि आइतबारसम्म स्थिर रहेको चाँदी आज मंगलबार तोलाको १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार १ हजार ३ सय थियो। आइतबार र शुक्रबार १ हजार २ सय ९५ मा कारोबार भएको थियो।

छापावाल सुन वैशाख १४ मा तोलाको ९१ हजार २ सय, १५ मा ९० हजार ५ सय, १६ मा ९० हजार ८ सय, १७ मा ८९ हजार ५ सय, १९ मा ९० हजार र २० गते ९० हजार ४ सय रुपैयाँ थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु, ५४५५ जना…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो बीचमा ८१६७ जना संक्रमित

नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको बताएका छन्। शुक्रवार

कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड

महामारीमा सरकारी अकर्मण्यताः प्रदेश सरकारविरुद्ध जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।