छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु


विचार
आयाेमेल संवाददाता
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र…

काठमाडौं – कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा

आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको


झापा – झापा र इलाममा सोमबार भएका छुट्टाछुट्टै घटनामा दुईजनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा झापा शिवसताक्षी नगरपालिका-८ डुँडामारीका २८ वर्षीय जीवन थाम्सुहाङ र इलाम माइजोगमाई गाउँपालिका-५ सोयाङकी ५४ वर्षीया ख्यामकुमारी लिम्बु छन्। थाम्सुहाङको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर र लिम्बुको बाटोमा लडेर मृत्यु भएको हो।

सोमबार साँझ ५:३० बजेतिर शिवसताक्षी नगरपालिका-१० स्थित माइखोलामा थाम्सुहाङ साथीहरूसँग पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका थिए। माइखोलाको कनकाई नहरको बाँधबाट बगेका उनको साँझ ७ बजे पाँचसय मिटर दक्षिणमा शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै लिम्बुको सोमबार राति ८ बजे छिमेकीको घर जाने क्रममा लडेर टाउकोमा गम्भीर चोट लागेको थियो। उनको उपचारका क्रममा राति साढे १० बजेतिर जिल्ला अस्पताल इलाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

काठमाडौं – कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै अष्ट्रिया अन्तिम १६ मा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘सी’ को आफ्नो अन्तिम खेलमा महत्वपूर्ण जित निकाल्दै अष्ट्रिया नकआउट चरणमा प्रवेश गरेको छ। सोमबार

विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई