आइपिएलमाथि कोरोना संकट : काेलकाता र बेंगलोरबीचकाे खेल रद्द


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं–कोलकाता नाइट राइडर्स (केकेआर) र चेन्नई सुपर किंग्स (सिएसके) का केही सदस्यमा कोरोना संक्रमण देखिएपछि इन्डियन प्रिमियर लिग (आइपिएल) पूरा हुनेमा शंका उब्जिएको छ।

आइपिएल गभर्निंग काउन्सिलको बैठकमा केकेआर टिमलाई एक सप्ताहसम्म आइसोलेट गर्ने निर्णय भएको छ। यस्तो निर्णयसँगै काेलकाताले अब सात दिनसम्म खेल्न पाउने छैन।

तर, मंगलबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीचको खेल तय कार्यक्रमअनुसार नै हुनेछ। दुबै टिमबीचको म्याच दिल्लीस्थित अरुण जेटली स्टेडियममा खेलिने छ।

तर, काेलकाता र रोयल च्यालेन्जर्स बेंगलोर (आरसिबी) बीच सोमबार साँझका लागि तय म्याच रद्द गरिएको छ। काेलकाताका वरुण चक्रवर्ती र सन्दीप वारियरमा संक्रमण देखिएपछि खेल रद्द गरिएको हो।

सोमबार काेलकाताले बेंगलाेरसँग भिड्नुपर्ने थियो। काेलकाताले जनाएअनुसार चक्रवर्ती र वारियरले आफूलाई आइसोलेट गरिसकेका छन्।

यता चेन्नईका पनि तीन सदस्य कोरोना संक्रमित भएका छन्। चेन्नईका सिइओ काशी विश्वनाथ, बलिंग कोच एल बालाजी र बस क्लिनरमा कोरोना संक्रमण देखिएको छ।

टिमका अन्य सदस्यहरुको रिपोर्ट निगेटिभ देखिएको छ। चेन्नईका सदस्यहरुको कोरोना परीक्षण आइतबार गरिएको थियो। आइपिएलका बाँकी खेलहरु पनि तय कार्यक्रम अनुसार नै हुने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको