प्रादेशिक अस्पताल जनकपुरको बेथिति : पालैपालो अक्सिजन, तीन दर्जन संक्रमितका लागि एक स्वास्थ्यकर्मी


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


जनकपुरधाम–दोस्रो लहरको कोरोना महामारीमा संक्रमणको दर ह्वात्तै बढ्न थालेपछि जनकपुरको प्रादेशिक अस्पतालस्थित कोभिड अस्पतालको अवस्था अस्तव्यस्त बनेको छ।

प्रदेश सरकार र उपमहानगरपालिकाले समयमै तयारी गर्न नसकेपछि कोभिड अस्पताल अस्तव्यस्त बनेको हो।

सरकारले पूर्वतयारी गर्न नसकेपछि नर्सिङ क्याम्पसमा हालसालै सञ्चालनमा ल्याइएको कोभिड अस्पतालमा बेड अपुग हुनथालेको छ भने संक्रमितका लागि अक्सिजन र औषधिसमेत अभाव भएको छ।

अक्सिजनको व्यवस्था अस्पतालले गरिदिए पनि संक्रमितहरू औषधि आफ्नै पैसाले किनिरहेका छन्।

धनुषामा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर गइसकेको कोभिड अस्पतालमा खटिएका एक चिकित्सकले बताए।

ती चिकित्सकका अनुसार बेडका साथै अक्सिजनसमेत अपुग हुनथालेको छ।

‘अक्सिजनको व्यापक अभाव छ, एकजना संक्रमितलाई पाँच सिलिन्डरसम्म अक्सिजन चाहिएको छ,’ ती चिकित्सकले भने,‘तर यहाँ अक्सिजन नै छैन। एउटा सिलिण्डरले पालैपालो तीन/चार जना बिरामीलाई पुर्‍याउनु परिरहेको छ। स्थिति नियन्त्रणभन्दा बाहिर गइसकेको छ।’

बेडको मारामार रहेको बताउँदै उनले बेडको व्यवस्था गरिदिन दैनिक ५० भन्दा बढी फोन आउने गरेको उल्लेख गरे।

‘हामीसँग जम्मा २५ वटा अक्सिजन बेड छ, बिरामीको चाप ज्यादै छ,’ ती चिकित्सक भन्छन्,‘अहिले ३०/३२ जना उपचार गराइरहेका छन्। बेड नहुँदा पालैपालो अक्सिजन दिने अवस्था भएको छ।’

संक्रमितको अवस्थालाई हेरेर तत्काल अक्सिजनसहितको सय बेड आवश्यक रहेको उनको भनाइ छ।

‘एक जना डेढ वर्षको बच्चामा कोरोना संक्रमण देखिएको छ। सिभियर निमोनिया छ बच्चालाई,’ उनले भनेर,‘जनेरल आइसीयू वार्डबाट यता पठाइदिएको छ। तर, बच्चालाई भर्ना गर्न बेड नै छैन। कहाँ राख्ने समस्या भएको छ।’

‘सुरूमा कसैले कामै गरेनन्, पूर्वतयारी हुनुपर्दथ्यो त्यो नै भएन,’ उनी भन्छन्,‘जब पर्‍यो राति तब बुढी ताती यहाँ भएको छ। संक्रमण तीव्र भएपछि काम सुरू भएको छ।’

संक्रमितहरूको उपचार र हेरचाहका लागि कोभिड अस्पताल जनकपुरमा स्वास्थ्यकर्मी नै नरहेको उनले बताए।

‘३२/३४ जना भर्ना भएको छन्, उनीहरू सबैका लागि एक जना स्वास्थ्यकर्मी छ,’ उनले भने,‘एकजनाले सबै बिरामीलाई हेर्नु कसरी सम्भव हुन्छ?’
सरकारले स्वास्थ्यकर्मीहरूलाई गत वर्षकै कोरोना भत्ता उपलब्ध नगराउनु जनशक्ति अभाव हुनुको मुख्य कारण रहेको उनले बताए।

कोभिड अस्पतालका संयोजक डा.जामुन सिंहले अहिले बेडको समस्या देखिएपनि संख्या थप गर्ने काम भइरहेको बताए।

‘उपचार गराउन आउने बिरामीको तुलनामा बेड संख्या केही कम भएको छ,’ उनले भने,‘काम भइरहेको छ। भोलि बिहानसम्म ३०/३२ वटा बेड थपिन्छ।’

लामो खिचातानीपछि प्रदेश सरकारले लाखौं रुपैयाँ खर्चेर गत वर्ष प्रादेशिक अस्पतालसँगै रहेको नर्सिङ क्याम्पसमा अस्थायी कोभिड अस्पताल बनाएको थियो। पछि महामारी नियन्त्रण हुँदै गएपछि अस्पतालका लागि प्रयोग भएका संरचनाहरू नर्सिङ क्याम्पसलाई सञ्चालनमा ल्याइयो।

अहिले फेरि अस्थायी कोभिड अस्पताल बनाउन नर्सिङ क्याम्पस भवनलाई प्रयोगमा ल्याइएको छ।

जनकपुरधाम–१४ स्थित मणिपाल कलेजको निर्माणाधीन भवनलाई कोभिड अस्पताल निर्माण गर्ने निर्णय गरेको प्रदेश सरकार एक वर्षसम्म चुप लागेर बस्दा अहिले बेडको अभाव हुन थालेको चिकित्सकहरू बताउँछन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको