विवाद समाधानका लागि आज फेरि ‌ओली–प्रचण्डको वार्ता सुरु


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद समाधानका लागि दध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पुनः छलफलमा जुटेका छन्।

अहिले सवा ११ बजेदेखि वालुवाटारमा दुवै अध्यक्ष सहमतिका लागि छलफलमा बसेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। 

अध्यक्षद्वयको बैठक निरन्तर हुन थालेपछि लामो विवादपछि फुटको संघारमा पुगेको नेकपा अन्नतः विवाद समाधान उन्मुख देखिएको छ।

पार्टीका सांसद तथा कार्यकर्ताहरुबाट चर्को दबाब आएपछि दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) वार्तामा बिहीबार बसेका थिए। 

बिहीबारको बैठकले लामो संवादहीनतालाई तोड्दै बसको बैठकले विवाद समाधानतर्फ संकेत गरेको नेकपा स्रोतले जनाएको छ।

आजको बैठकबाट कुनै ठोस निकास निस्कने नेकपा नेताहरुको विश्वास छ।

महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेता जनार्दन शर्मा विवाद टुंग्याउने गृहकार्यमा सुरुदेखि नै व्यस्त देखिन्छन्।

महासचिव पौडेलले मुख्यमन्त्री पोखरेल र नेता शर्मासँगको सल्लाहका आधारमा तयार पारेको सहमतिको ‘खेस्रा प्रस्ताव’ दुई अध्यक्षको छलफलमा प्रस्तुत गरिएको थियो। ओली र प्रचण्डबीच सहमतिका लागि अधिकार बाँडफाँडसहितका विभिन्न विषयमा ठोस छलफल सुरु भएको छ।

ओलीसँगको छलफलका विषयमा प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलाई ब्रिफिङ गरेका थिए। खनालले बिहीबार दुई अध्यक्षबीच अधिकार बाँडफाँडको विषयमा लगभग सहमति भएको छ।

नेता नेपालसहितका अन्य नेतालाई पनि विश्वासमा लिने र यसै साता स्थायी कमिटीमार्फत निर्णय लिने ओली–प्रचण्डको तयारी छ । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक प्रधानमन्त्री ओलीले राजीनामा मागिने त्रासका कारण स्थगित गर्दै आएका थिए। 

छलफलमा करिब वामदेवले प्रस्ताव गरेका बुँदानजिक सहमति हुने देखिएको छ। छलफलमा दुई पदबाट नहट्ने गरी ओलीको तर्फबाट प्रस्ताव पेस भएको छ।

जसअनुसार पहिलो अध्यक्ष ओली नै रहने, तर दाहाल पूर्ण रुपले पार्टी काममा केन्द्रित हुने रहेको छ। यसबाहेक सरकारले नियुक्ति र आधारभूत नीतिमा पार्टीसँग सल्लाह गर्ने, मन्त्रिपरिषद्को पुनर्गठन, मुख्यमन्त्री हेरफेर र सांगठनिक काम टुंग्याउने प्रस्ताव आएको प्रचण्डको सचिवालयले जनाएको छ। 

त्यस्तै केन्द्रीय कमिटीले तोकेको मितिमा सहमतिका आधारमा महाधिवेशन गर्ने प्रस्तावका बारेमा पनि अध्यक्षद्वयबीचमा छलफल भएको छ। तर, कार्यदल ओलीको तर्फबाट पेस भएको प्रस्तावको सीमाभित्र छलफल गर्ने गरी नभई स्वतन्त्र ढंगले छलफल गरेर प्रस्ताव तयार गर्ने अधिकार दिने गरी सहमति नजिक पुगेको छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।