उद्घाटन गर्न प्रदेश-१ मुख्यमन्त्रीकाे दाैडादाैड, न मास्क न त भाैतिक दूरी


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


प्रदेश-१ का मुख्यमन्त्री शेरधन राई बिहीबार  झापाको अर्जुनधारा आए र, पूर्वनिर्धारित काम सकाए। उनले यस्तो असहज परिस्थितिमा पनि दुइटा सडक, दुग्ध संकलन केन्द्र र कृष्ण-अर्जुन रथको प्रतिमाको उद्घाटन गरे।

यति धेरै गरे तर, उनले सामान्य स्वस्थ्य मापदण्ड पूरा नगर्दा सकारात्मक सन्देश भने दिन सकेनन्।

सार्वजनिक सभा समारोह नगर्ने, २५ जनाभन्दा धेरै मानिस भेला नहुने, भौतिक दूरी कायम राख्ने, अनिवार्य मास्क लगाउनेलगायतका कुनै पनि मापदण्ड उनले पालना गरेनन्। 

तस्बिरमा रिबन काट्दै गरेका व्यक्ति मुख्यमन्त्री राई हुन्। उनको दायाँपट्टि (अघिल्लो लाइन) मा रहेका प्रदेश-१ का कृषिमन्त्री राम राना हुन्। त्यसको दायाँ रहेका व्यक्ति संविधानसभा सदस्य प्रेम गिरी हुन्।

तस्बिरमा रिबन काट्दै गरेका व्यक्ति मुख्यमन्त्री राई हुन्। उनको दायाँपट्टि (अघिल्लो लाइन) मा रहेका प्रदेश-१ का कृषिमन्त्री राम राना हुन्। त्यसको दायाँ रहेका व्यक्ति संविधानसभा सदस्य प्रेम गिरी हुन्।

मुख्यमन्त्री राईले मास्क प्रयोग नै गरेका छैनन्। मास्क लगाएका मन्त्री राना र संविधानसभा सदस्य गिरीले मास्क लगाउँदा पूरा गर्नुपर्ने सामान्य मापदण्ड पनि पूरा गरेका छैनन्। मन्त्री रानाको मास्क मुखबाट झरेर चिउडो तिर पुगेको छ।

संविधानधान सभा सदस्य गिरीको मास्क चिउँडोबाट खसेर घाँटी तिर नै पुगेको छ अनि आसपासमा रहेका अतिथि कतिले मास्क नै लागाएका छैनन् , लगाएकाले पनि मापदण्ड पूरा गरेको देखिन्न। 

प्रदेशको मुख्यमन्त्रीले मास्क नलगाई सार्वजनिक कार्यक्रममा सहभागी हुनु र सयौं सर्वसाधारणसँग घुलमिल हुनु उहाँको दोहोदाले नसुहाउने कुरा भएको एक स्थानीयले बताए। उनले सर्वसाधारणले मास्क नलगाउँदा प्रहरीले कारबाही गर्ने र पैसा तिराउने गरेको तर ठूला मान्छेले मास्क नलगाएको दृश्य टुलुटुलु हेरेर बसेको बताए। 

अर्का स्थानीय कुमार भट्टराईले सकारात्मक सन्देश दिन उच्च ओहोदाका व्यक्तिले मास्क अनिवार्य लगाउनुपर्ने बताए।

'सार्वजनिक पद धारण गरेका र सरकारी ओहोदामा रहेका व्यक्तिले मास्क लगाउन जरुरी छ,' भट्टराईले भने, 'सार्वजनिक पदमा रहेका र उच्च ओहोदामा रहेका व्यक्तिले नै हेल्चेक्र्याइँ गर्ने हो भने सकारात्मक सन्देश दिन सकिन्न।'

साहित्यकार समेत रहेका भट्टराईले सर्वसाधारणलाई मात्रै भनेर नहुने र व्यवहारिक कार्यान्वयनका लागि  ओहोदामा रहने व्यक्तिले नै अनुकरणीय काम गर्न सक्नुपर्ने बताए।

नेकपा प्रदेश- १ कमिटी सदस्यले अग्नि आचार्य (राजु) ले उहाँहरू आफूले गर्ने नभई अरुलाई उपदेश दिने व्यक्ति भएको टिप्पणी गरे। उहाँहरूले आफूलाई मात्रै जान्ने, बुझ्ने सम्झने गरेको र अरुलाई दास सम्झने गरेको आचार्यले दाबी गरे। 

'प्रदेशको मुख्यमन्त्रीको  मात्रै होइन, प्रधानमन्त्रीको पनि कुरा त्यही हो,' आचार्यले भने, 'तलका मात्र के कुरा, माथिकाको पनि त्यही हो, उहाँहरूले फर्मान जारी गर्ने हो, अरुले मान्दिनुपर्छ।'

'प्रदेशको मुख्यमन्त्रीको  मात्रै होइन, प्रधानमन्त्रीको पनि कुरा त्यही हो,' आचार्यले भने, 'तलका मात्र के कुरा, माथिकाको पनि त्यही हो, उहाँहरूले फर्मान जारी गर्ने हो, अरुले मान्दिनुपर्छ।'

उहाँहरूले  आफूलाई जान्ने, ज्ञानी र अरुलाई नजान्न र अर्ती मात्रै दिने गरेको टिप्पणी गरे।

अर्का एक नेकपा कार्यकर्ताले मुख्यमन्त्रीको बचाउ गरेका छन्। उनले सम्बोधन गर्दा र रिबन काटेर सडकको उद्घाटन गर्दा मात्रै मुख्यमन्त्रीले मास्क खोलेको बताए।

तर, मुख्यमन्त्रीले कार्यक्रमभर आधा समय मास्क लगाउने र आधा समय खोल्ने शृङ्खला पटकपटक दोहोर्‍याएको प्रत्यक्षदर्शीले बताए।

कृषि मन्त्री रानाले भने अधिकांश समय मापदण्ड विपरीत मास्क भिरेका थिए।

के गरे मुख्यमन्त्रीले

प्रदेश नम्बर १ का मुख्यमन्त्री राईले झापाको अर्जुनधारा नगरपालिका  ६ र ९ स्थित माता मन्दिर प्रणामी मन्दिरसम्मको मुख्यमन्त्री ग्रामीण पूर्वधार सडक परियोजनाअन्तर्गत निर्मित डेढ किलोमिटर सडकको उद्घाटन गरे। उनले जनताको सरकार जनताकै धरदैलोमा आउने र जनतालाई सेवा सुविधा दिने बताए।

उनले अब सरकार खोज्न पहिला पहिला जस्तो सिंहदरबार जानु नपर्ने सरकार आफैं जनताको घर दैलोमा विकास लिएर आउने बताए।
देश संघीयतामा गएको र जनताले अब तीन तहको सरकार भेटने बताउँदै मुख्यमन्त्री राईले स्थानीय प्रदेश र केन्द्रले मिलेर जनताका समस्या तत्काल समाधानमा काम गरिरहेको पनि उल्लेख गरे।

सानातिना काम स्थानीय स्तरबाट, मझौला प्रकृतिका प्रदेश सरकारबाट र ठूला आयोजना संघीय सरकारबाट पूरा हुने उनले उल्लेख गरे।

शान्ति निर्माण सेवाले २०७७ वैशाख २२ मा  सम्झौता गरेर ०७७ असार २१ मा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि  वर्षाका कारण निर्माण कार्य केही ढिलो गरी सकिएको ठेकदार कम्पनीका अनिल भट्टराईले बताए।

सडक ८८ लाख ११ हजार १७१ रुपैयाँमा निर्माण सम्पन्न भएको हो। उक्त सडक खण्डको १५० मिटर भाग निर्माण गर्न  बजेट अभाव भएपछि अर्जुनधारा नगरपालिकाले आव २०७७।०७८ को बजेटबाट निकासा दिने गरी १० लाख रकम विनियोजन गरेको हो।

अपरान्ह १२ बजेतिर अर्जुनधारा आइपुगेका मुख्यमन्त्री राईले  नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीलगायत विभिन्न राजनीतिक दलका नेता अगुवाहरू सामाजिक व्यक्तिले गरेको स्वागत ग्रहण गरेका थिए। मुख्यमन्त्री राईले उपस्थितसँग साक्षात्कार गर्दै अर्जुनधाराको विकासमा जोडिन पाउँदा हर्षित भएको बताए।

त्यसपछि अर्जुनधारा जलेश्वरधाम जाने बाटोमा रहेको कृष्ण-अर्जुन रथको प्रतिमाको उद्घाटन गरे। प्रतिमाको उद्घाटनसँगै माता मन्दिरदेखि प्रणामी मन्दिरसम्मको डेढ किलोमिटर सडक पनि उद्घाटन गरे। 

लगत्तै अर्जुनधारा १ र २ को बेलटारस्थित प्रदेश सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा बनेको दुग्ध संकलन केन्द्र (चिलिङ सेन्टर) को उदघाटन गर्न खुदुनाबारी गएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख