आइसोलेसन सञ्चालनका लागि प्रदेश १ सरकारको १ करोड ६० लाख निकासा


विचार
आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा

आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा

आयाेमेल संवाददाता
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति


प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्थाका लागिभन्दै २ करोड ६० लाख निकासा गरेको छ। उक्त रकम स्थानीय तह र अस्पतालहरूलाई प्रदान गरिने छ।

सो रकमबाट पालिका र अस्पतालहरूले आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्नुपर्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्व सुवेदीले जानकारी दिए। सुवेदीका अनुसार  ११ वटा जिल्ला अस्पतालहरूलाई कम्तिमा १० वेड क्षमताको आइसोलेसन केन्द्र बनाउन बजेट उपलब्ध गराएको छ। 

‘केही दिन अगाडि मात्र थप आइसोलेसन बेडहरूको व्यवस्था गर्ने प्रदेश स्तरिय सिसिएमसी बैठकले निर्णय गरेको थियो,’ सुवेदीकाले भने, ‘सदरमुकाम विराटनगरमा मात्र मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलशन केन्द्र बनाउनका लागि विराटनगर महानगरपालिकालाई १० लाख रकम उपलब्ध गराएको छ।’

उनकाअनुसार रंगेली नगरपालिका वडा नम्बर ७ स्थित श्री जनता क्याम्पसको भवनमा एक सय बेड क्षमताको आइसोलेसन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका-१ स्थित वि जेनेरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेसन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख, बराहक्षेत्र नगरपालिकास्थित रमानन्द आचार्य सेवा पिठ, चतरामा एक सय बेड क्षमताको आइसोलेसनको लागि १५ लाख र सोलुदुधकुण्ड नगरपालिकालाई आइसोलेसन केन्द्र स्थापना र सञ्चालन गर्न पाँच लाख प्रदेश सरकारले उपलब्ध गराएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए। 

त्यस्तै प्रदेश नम्बर १ का ताप्लेजुङ्ग, पाँचथर, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ्ग, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर जिल्ला अस्पतालहरूलाई कम्तिमा १० बेड क्षमताको आइसोलेसन स्थापना र सञ्चालन गर्न ५ लाखका दरले एकमुष्ट ५५ लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको छ। 

कोभिड–१९ आइसोलेसन अस्पताल गोठगाउँ मोरङ्गलाई २० लाख, कोभिड-१९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरलाई ५ लाख र मेची अस्पताल, झापालाई १० लाख रुपैयाँ आइसोलेसन सञ्चालनका लागि उपलब्ध गराएको छ। 

त्यस्तै बेलबारी नगरपालिका, उर्लाबारी नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिकालाई क्वारेन्टाइन व्यवस्थापन र सञ्चालनका लागि पाँच/पाँच लाख प्रदेश सरकारले निकासा गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको

भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक सरकारी अस्पतालमा आफ्नी छोरीलाई कोरोना परीक्षण गराउन पुगेकी थिइन्। आफ्नो