‘धानमा हाल्न मल छैन’


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


कर्णालीमा मलको चरम अभाव देखिएको छ। असारमा रोपेको धान गोड्ने समय भए पनि बजारमा रासायनिक मल (युरिया) को अभाव देखिएको हो। प्रदेशका सबै क्षेत्रका किसानले रासायनिक मल सहजै पाउन सकेका छैनन्। 

युरिया मलबिना नै धान गोड्नुपरेको किसानको गुनासो छ। मल नहालिकन धान गोड्दा धान उत्पादन कम हुने चिन्तामा छन् वीरेन्द्रनगर नगरपालिका–४ का किसान रमेश चौधरी। 

असारमा धान रोप्दादेखि नै हालसम्म बजारमा मल नपाएको उनको गुनासो छ। 

‘गत वर्ष अहिलेसम्म दुई तीनपल्ट युरिया मल हालिसक्थ्यौं। धान गोडेर सकिन्थ्यो। तर यो वर्ष मल नै पाइएको छैन, मल नहाल्दा उब्जनी कम हुने हो कि भन्ने चिन्ता बढेको छ,’ उनले भने, ‘यो समय किसानलाई अत्यधिक मात्रामा मल चाहिने समय हो तर बजारमा कतै मल छैन।’

बारीमा युरिया मल हाल्न नपाएका कारण यस वर्ष उत्पादन कम हुने वीरेन्द्रनगर–१० का अर्का किसान रत्न चौधरीले बताए। १० जनाको परिवार रहेका उनलाई यसपालि खाद्यान्न नपुग्ने हो कि भन्ने चिन्ता बढेको छ। 

कर्णालीका सबै जिल्लामा मल अभाव छ। मल नपाएका कारण वीरेन्द्रनगरका किसानमात्रै नभएर अन्य जिल्लाका किसानसमेत चिन्तित बनेका छन्। 

लामो समयसम्म नेपालमा मल आयात नहुँदा स्थानीयस्तरमा मल बिक्रीका लागि अनुमति पाएका सहकारी संघसंस्थाले समेत मल उपलब्ध गराउन सकेका छैनन्। 

कृषि सामग्री कम्पनी र साल्ट ट्रेनिङ कर्पोरेसनले कर्णालीमा मल आपूर्ति गर्ने गरेका छन्। तर यी संस्थानमा समेत मल अभाव छ। सरकारी तथ्यांकअनुसार कर्णालीमा तीन हजार मेट्रिक टन बढी रासायनिक मल खपत हुने गरेको छ।

गत चैतयता नेपालमा युरिया मल नभित्रिएकाले अभाव देखिएको कृषि सामग्रीका प्रादेशिक कार्यालयका प्रमुख टोपाराम केसी बताउँछन्। ‘बजारमा युरिया मलको माग एकदमै धेरै छ तर हामीसँग मल छैन,’ उनले भने, ‘यो राष्ट्रिय समस्या हो। भएको मल सबै सकिसकेको छ। हाल देशका सबैजसो ठाउँमा यसको अभाव छ। मल उत्पादन हुने ठाउँबाट नै नेपालबाट लागि आयात हुन सकेको छैन।’ 

कर्णालीमा मल अभावको समस्या समाधानका लागि आफूहरूले तथा प्रदेश सरकारले जति पहल गरे पनि केन्द्र सरकारको पहलमा मल आयात नभएसम्म यस्तै समस्या रहने उनी बताउँछन्। 

अहिलेको अवस्था हेर्दा भदौ १५ भन्दा यता मल आउने सम्भावना कम रहेको उनले जानकारी दिए। नेपालमा चीन, रुस, साउदी अरब, काजकिस्तान, बंगलादेशजस्ता देशबाट भारतको कोलकाता हुँदै मल आउने गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख