थारुको अष्टिम्कीपछि अटवारी, पुरुषले मात्र मनाउने पर्व


विचार
आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा

आयाेमेल संवाददाता
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति

आयाेमेल संवाददाता
फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो :…

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र


थारु समुदायले यस वर्ष भदौ ७ गते अटवारी मनाउने भएका छन्। 

अष्टिम्कीपछिको दोस्रो आइतबार अर्थात कुशे औंसीपछिको आइतबार अटवारी मनाउने प्रचलन रहेकाले यस वर्षको अटवारी भदौ ७ गते पर्न गएको थारु अगुवाहरूले बताए।

थारु समुदायका साझा संस्था थारु कल्याणकारिणी सभा दाङले अटवारी भदौ ७ गते परेको जनाएको छ। सभाका अध्यक्ष भुवन चौधरीले सरकारी र गैरसरकारी निकायबाट प्रकाशित पात्रोमा अटवारी को तिथि सम्बन्धमा कहींकतै उल्लेख नगरिएको बताए । 

उनले यस वर्षको अटवारी तिथि कहिले हो भन्ने विषयमा दुविधा परेको हुनसक्छ तर महटावा, गुरुवा, देशवन्ढ्या (पण्डी) तथा थारु संस्कृतविदसँग छलफल गर्दा धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार यस वर्षको अटवारी भदौ ७ गते परेको जानकारी दिए।

थारु समुदायले प्राचीनकालदेखि ‘अटवारी ’ पर्व मनाउँदै आएको थारु अगुवाहरू बताउने गर्दछन्। यो पर्वमा प्रदेश ५ को दाङ, बाँके, बर्दिया, कपिलवस्तु, सुदूरपश्मिच प्रदेशमा कैलाली र कञ्चनपुर तथा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा उल्लासमय वातावरणमा मनाउने गरिन्छ।

‘अटवारी’ थारु समुदायका पुरुषले मात्र मनाउने प्रचलन छ। थारु कल्याणकारिणी सभा दाङले अटवारी बिदाका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश ५ बुटवलमा पत्र पठाएको छ। 

थारु समुदायको ठूलो चाड अटवारीमा  प्रदेश ५ मन्त्रिपरिषदले सार्वजनिक विदा दिने निर्णय गरेको छ । भदौ ७ गते अटवारी परेको हुनाले उक्त दिन सार्वजनिक विदाको सूचना जारी गरिदिन हुन सभाले अनुरोध गरेको थियो। 

प्रदेश ५ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले आयोमेल डटकमसँग कुरा गर्दै थारु समुदायको अटवारीमा सार्वजनिक विदा दिने निर्णय भइसकेको जानकारी दिए।

उनले भने, ‘थारु समुदायलगायत यहाँका आदिवासी जानजाति मुस्लिम समुदायको पर्वमा सार्वजनिक बिदा दिने निर्णय यसअघि नै भएकाले थारु समुदायको महान पर्व अटवारीमा भदौ ७ गते प्रदेश सरकारले सार्वजनिक विदा दिन्छ।’ 

प्रदेश ५ मन्त्रिपरिषदका प्रवक्तासमेत रहेका मन्त्री चौधरीले थारु समुदायको अटवारीको सार्वजनिक बिदा अबको एक दुई दिनमा सार्वजनिक गरिने जानकारी दिए।

सम्बन्धित समुदायबाट भदौ ७ गते नै अटवारी भएको परिपत्र आइसकेकाले हामीले सोहीअनुसार विदाको सूचना जारी गर्छाैं,’ उनले भने।
गत वैशाख १० गते बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले थारु समुदायको अटवारीमा १ दिन, माघीमा २ दिन, मुस्लिम समुदायको इदपर्वमा १ दिन सर्वाजनिक बिदा दिने निर्णय गरिसकेको छ।

प्रदेश सरकारले निश्चित पर्व मनाउने समुदाय र ठाउँमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। भूमे पूजाका लागि रुकुम, रोल्पामा र भगवती जात्राका लागि पाल्पा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको

भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक सरकारी अस्पतालमा आफ्नी छोरीलाई कोरोना परीक्षण गराउन पुगेकी थिइन्। आफ्नो

आज रातो मच्छिन्द्रनाथको रथ तानिँदै

काठमाडौं – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ