‘ओली जनताको त्रासमा खेल्न खोजे’


विचार
आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त


देश कोरोना संक्रमणले थलिइरहेको बेला ‘सत्ता’ चलाइरहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भने ‍आन्तरिक विवादमा चुर्लुम्म छ। 

प्रधानमन्त्री केपी ओली आफै पनि नेकपाका अध्यक्ष हुन्। तर उनी यस्तो चपेटामा छन् कि न सरकारको जिम्मेवारीमा ध्यान दिनसकेका छन् न पार्टी सम्हाल्न। 

अनि अर्का अध्यक्ष छन् पुष्पकमल दाहाल प्रचण्ड जो बीचधारका नेता बोकेर ओलीविरुद्ध अर्को गठबन्धनमा लागेका छन्। 

र, ओली आफै पनि निर्णायक हुन सकिरहेका छैनन् न सरकार छोड्न सक्छन् न पार्टीको नेतृत्व। 

बरु कहिले मंसिरमा अधिवेशन गरौँ भन्दै प्रस्ताव राखिदिन्छन्। कहिले आफैले बोलाएको बैठकमा जाँदैनन्।

दुईतिहाइ बहुमतको सरकार त्यसैमाथि ५ वर्षसम्म कार्यकाल रहे पनि पहिलो तीन वर्षमा राम्रो काम गर्न नसकेको आलोचना जनतामाझ पनि बढ्दो छ। 

अर्कातिर सरकार सञ्चालनमा प्रभावकारी भूमिका निभाउनुपर्ने बेला मुख्य नेतृत्व नै गुट उपगुटमा लागेर पार्टी सिध्याउन लागेको अरोप पनि खेप्नुपरेको छ। 

राजीनामा माग्दा नदिएपछि माधव नेपालहरुले कारबाही गर्न किन नसकेको? –श्रेष्ठ 

सामाजिक समस्या र जनताका विषयमा काम गर्न नसकेपछि आलोचनाबाट बच्न र सरकार टिकाइराख्न भारतले नेकपाभित्रका नेतामार्फत राजीनामा मागेको भन्दै प्रधानमन्त्री आफैंले प्रोपोगान्डा फैलाएको वाम विश्लेषक श्याम श्रेष्ठ बताउँछन्। 

‘अहिले जे-जति नेकपाभित्रको विवाद छ, त्यो सबै प्रधानमन्त्री आफैंले सिर्जना गर्नुभएको हो,’ श्रेष्ठले आयोमेलसँग भने, ‘कुनै पनि निर्णय गर्दा परामर्श नगर्ने, मनलाग्दी निर्णय गर्दै जाने र सामाजिक समस्यामा कुनै ध्यान दिन नसकेको अवस्थामा भारतले राजीनामा मागेको भन्ने भ्रम आफैं फैलाउनुभयो। त्यसअघि राजीनामाको कुनै कुरा उठेकै थिएन।’

महामारी र आपतमा सरकार ढाल्ने खेलले देशलाई अस्थिर बनाउँछ भन्ने नारालाई नै प्रयोग गरेर प्रधानमन्त्रीले सत्ता टिकाइराखेको श्रेष्ठको भनाइ छ। 

‘प्रचण्ड, माधव नेपालज्यूहरूले पनि बैठकमा राजीनामाको कुरै उठाउन हुन्थेन। उठाइसकेपछि एक्सनमा गइहाल्नुपथ्र्यो तर उहाँहरू पनि राजीनामा माग्नेमात्रै, नदिए कारबाहीको प्रक्रियामा जान नसक्ने,’ श्रेष्ठले थपे, ‘यस्तो अवस्थामा सरकार ढाल्दा अस्थिरता पैदा हुन्छ भन्ने जनतामा त्रास छ, प्रधानमन्त्रीले पनि त्यही त्रासको फाइदा उठाउनुभएको हो।’

नेकपाभित्र जे भइरहेको त्यसको जिम्मेवार ओली नै हुन्- पोखरेल

अहिलेको उत्पन्न परिस्थितिले प्रधानमन्त्री र सरकारमा रहेकालाई केही समय पावरमा बस्न लाभदायक भए पनि समग्र पार्टीलाई भने नकारात्मक परिणाम दिलाउने अर्का विश्लेषक कृष्ण पोखरेल बताउँछन्। 

‘अहिले भइराखेका जुन घटनाहरू छन् नि, तिनले सरकारलाई पनि वाह! भन्न लायकका केही छैनन्, लकडाउन त सत्तामा टिरिकरहने राम्रो बहाना मिलेको छ,’ उनले भने, ‘यसको परिणाम त भोलि निर्वाचनमा हुँदा पार्टीले भोग्नुपर्ने हो। त्यसतर्फ प्रधानमन्त्री र अरू नेतृत्व पनि सचेत रहनुपर्छ।’

प्रधानमन्त्रीले आफ्नो कामबाट कोही सन्तुष्ट नभएको औंल्याएर सबैको सेन्टिमेन्ट बटुल्नकै लागि राजीनामाको प्रोपोगान्डा मच्चाएको उनको तर्क छ। 

‘उहाँलाई थाहा छ यतिबेला राजीनामा मागियो भने देश अस्थिरतातिर जान्छ भन्ने सबैले बुझेका छन्। प्रधानमन्त्रीले सोही बुझाइलाई आफू अनुकूल प्रयोग गर्दै राजीनामाको कुरा उठाउनुभो। कोरोनाले पनि ठूलै रूप लियो। यी सबै परिस्थितिले अहिले उहाँलाई पदमा टिकिरहने बहाना मिलेको हो,’ पोखरेल भन्छन्।

अहिले नेकपाभित्र देखिएकाा सबै समस्याको जिम्मेवार प्रधानमन्त्री ओली आफैं भएको पोखरेलको तर्क छ। पटक-पटक अनावश्यक कुरा गरेर पार्टीभित्र विवाद निम्त्याउने र अहिले समाधानका लागि पनि वातावरण बन्न नदिने काम प्रधानमन्त्री आफैंले गरेकाले पार्टीलाई यसबाट ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था आउने पोखरेलको भनाइ छ।  

हामी नेकपा फुट्न दिन्नौं – झाँक्री

झाँक्रीलगायत नेकपाका ६१ सांसदले हस्ताक्षर गरेर आइतबार नेतृत्वलाई एउटा पत्र पठाए। जसमा नेतृत्वलाई एकताबाट बिचलित नहुन ध्याकर्षण गराइएको थियो। 

त्यसपछि लभगभग नेताहरुबीचको ‘वाकयुद्ध’ लगभग बन्द भएको छ। 

 ‘त्यो पत्रको अहिले जवाफ आएन भनेर आत्तिनुपर्ने अवस्था पनि छैन, अझै समय छ। अहिले कोरोनाको संक्रमण उच्च भएकाले भेटघाट गर्ने अवस्था पनि छैन,’ झाँक्रीले आयोमेलसँग कुरा गर्दै भनिन्, ‘तल्लो तहसम्मका नेता कार्यकर्ता पनि एकताकै पक्षमा रहेकाले उहाँहरूले पनि फुटतर्फ लैजाने चेस्टा गर्नुहुन्न। उहाँहरूले छलफलबाटै समस्याको समाधान निकाल्नुहुन्छ भन्ने विश्वास छ।’

यद्यपि यो ध्यानाकर्षणले पनि काम नगरेको अवस्थामा भने एकता जोगाउन अर्को कुनै दबाबको कार्यक्रम ल्याउन भने तयार नै रहेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको