भदौ ५ सम्म पूर्णलकडाउन गर्ने बुटवल उपमहानगरको निर्णय


विचार
आयोमेल संवाददाता
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र

आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त


बुटवलमा भदौ ५ गतेसम्म पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको छ। समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो।

बुटवलमा रहेका मानिसलाई बाहिर जान र बुटवल आउनुपर्नेका लागि भोलि बिहीबार राति १२ बजेसम्म समय दिइएको छ।

बुधबार बसेको आकस्मिक बैठकले बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरेको हो।

संक्रमण बढेको र सर्वसाधारणले सावधानी नअपनाएको देखिएकाले उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरकी उपप्रमुख गोमादेवी आचार्यले बताइन्।

बुटवलभित्रका बाहिर जान र बुटवल आउनका लागि भोलि बिहीबार राति १२ बजेसम्म समय दिएर ५ भदौसम्म पूर्ण रूपमा लकडाउन गर्ने निर्णय भएको उनले बताइन्।

लकडाउनमा अत्यावश्यकबाहेक अरू सबै ठप्प हुनेछ। उपमहानगरपालिका र वडा कार्यालयमा समेत अत्यावश्यकबाहेकका काम नहुने, वित्तीय संस्थाहरूले समय तालिका स्वीकृत गरी खोल्नुपर्ने र दूधका लागि बिहान ८ देखि ११ र साँझ ५ देखि ७ बजे समय तोकिएको छ।

अघिल्लो साता हाटबजारलगायतका बढी भीडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरेको थियो। तर बुटवलको थोक बजारमा अस्वाभाविक भीड भएपछि उपमहानगरपालिकाको आलोचना समेत हुँदै आएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
जसपा संसदीय दलको नेतामा महतो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा वरिष्ठ नेतामा राजेन्द्र महतो चयन भएका छन्। विहीबार भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा बसेको

निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपिल

काठमाडौं– काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको