कोरोना कहरले बेलायतमा ११ वर्षयता ठूलाे आर्थिक मन्दी


विचार
आयोमेल संवाददाता
खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ।

आयोमेल संवाददाता
सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना

आयोमेल संवाददाता
महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित


कोरोना भाइरसले बेलायत ११ वर्षमा पहिलोपल्ट आर्थिक मन्दी निम्त्याएको छ । अप्रिल र जुन महिनाबीच गरिएको लकडाउनका कारण बेलायतको अर्थतन्त्रमा हालसम्मकै सबैभन्दा ठूलो गिरावट आएको हो । 

यस वर्षको पहिलो तीन महिनाका आधारमा अर्थव्यवस्थामा २०.४ प्रतिशतले संकुचन आएको छ। पसलहरू बन्द गर्न आदेश दिइएपछि ग्राहस्थ खर्चमा कम हुनुका साथै कलकारखाना र निर्माण सामग्री उत्पादनमा पनि गिरावट आएको थियो।

अर्थतन्त्रमा लगातार दुई चौमासिकसम्म आएको गिरावटले बेलायतलाई सन् २००९ पछि पहिलोपल्ट यति ठूलो मन्दीमा धकेलेको हो। 
बेलायती अर्थमन्त्री ऋषि सुनकले बिबिसीसँग सरकार ‘कुनै अभूतपूर्व वस्तुसँग जुझिरहेको’ र यो ‘ज्यादै कठिन र अनिश्चित समय’ भएको बताएका छन्। 

तर उनका सहायक एनेलिस डड्सले आर्थिक गिरावटको मापनका लागि प्रधानमन्त्री बोरिस जोन्सनलाई दोष दिँदै ‘लकडाउनपछि मन्दी अवश्यम्भावी थियो, तर जोन्सनले सिर्जना गरेको रोजगार संकट भने थिएन।’ 

बेलायतको राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गत जुनमा सरकारले अन्तर्राष्ट्रिय आवागमनमा लगाएको प्रतिबन्ध खुकुलो बनाएपछि अर्थतन्त्रले गति लिएको थियो। 

मे महिनामा १.८ प्रतिशतले बढेकोे अर्थव्यवस्था जुनमा ८.५ प्रतिशतले वृद्धि भयो। तर राष्ट्रिय तथ्यांकविद् जोनाथन एथोले भने, ‘त्यसका बाबजुद जुन महिनाको कूल ग्राहस्थ उत्पादन (जिडिपी) कोरोना प्रकोप सुरु हुनु अगाडि फेब्रुअरीको स्तरबाट छैटौं स्थान तल झरेको थियो।’

तथ्यांक कार्यालयले पसल, होटल, रेष्टुरेन्ट, विद्यालय र कार मर्मतका पसल बन्द भएपछि उत्पादनमा गिरावट आएको जनाएको छ। अर्थव्यवस्थाको करिब ८० प्रतिशत धानेको सेवा क्षेत्रमा सबैभन्दा ठूलो त्रैमासिक गिरावट आएको हो।

कारखाना बन्द भएपछि गाडी उत्पादनमा पनि सन् १९५४ यताकै ठूलो शिथिलता देखिएको छ। अप्रिलताका लकडाउन उचाइ रहँदा अर्थतन्त्रमा सबैभन्दा बढी आर्थिक गिरावट आएको थियो।

लकडाउनपछि बेलायतमा कपडा, किताबलगायत अन्य फुटकर सामग्री पसल जुन १५ बाट खुलेको थियो । ठूलो गिरावटपछि पछिल्लो दुई महिनामा निर्माण कार्यले गति लिन थालेको छ।

बिबिसीबाट अनुवादित


प्रतिक्रिया दिनुहोस्
थप समाचार
खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ। योसँगै अरूलाई सर्न सक्ने संक्रामक भाइरसको संख्यामा पनि कमी आउन

सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना नगरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा यस्तो पाइएको

महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेकाे छ। पार्टी कार्यालयमा जम्मा भएका एक

देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा