६१ जना सांसदकाे ‘पत्र’ ले नेकपामा ल्याएको सन्नाटा


विचार
आयोमेल संवाददाता
सकियो देउवा–प्रचण्ड वार्ता

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष

आयोमेल संवाददाता
खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ।

आयोमेल संवाददाता
सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना


एक साताअघिसम्म सत्तारुढ नेकपाभित्र वाकयुद्ध चरम विन्दुमा पुगेको थियो। मुख्य तहका नेताहरू नै सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जालमा एकअर्काबीच आरोप प्रत्यारोप गर्दै विवादमा उत्रिएका थिए। 

लकडाउन हुनुअघिसम्म दुवै अध्यक्षको सम्बन्ध राम्रै थियो। तर, वैशाख पछि भने पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच आन्तरिक द्वन्द्व सुरु भयो। 

सोही द्वन्द्वका कारण दुई अध्यक्षबीच लामो समयदेखि बोलचालसमेत बन्द छ। कार्यकारी अध्यक्षका हैसियतले प्रचण्डले पार्टीको मार्गनिर्देशअनुसार मात्रै सरकारले निर्णय गरोस् भन्ने चाहन्थे। तर, प्रधानमन्त्रीले विदेश नीतिदेखि अन्य सबै निर्णय एकल गर्न थालेपछि पार्टीमा विवादले ठूलो रूप लिँदै गयो। 

लामो समय लकडाउन भएका कारण नेताहरू सामाजिक सञ्जालमै सक्रिय थिए। सरकारले गर्ने निर्णयबारे पनि सत्तारुढभित्रकै नेताहरूले सामाजिक सञ्जालमै असन्तुष्टि व्यक्त गर्ने गरेका थिए। तर, लकडाउन खुलेपछि नेताहरूले केही समय सार्वजनिक मञ्चमा उभिने मौका पाए। 

लामो समयदेखि आन्तरिक विवादका कारण बाहिर बोल्न नपाएका नेताहरू एकाएक सार्वजनिक मञ्चमार्फत नै एकअर्कालाई आरोप प्रत्यारोप गर्न थाले। त्यसपछि मात्रै पार्टीभित्रको आन्तरिक विवाद सतहमा आएको हो। 

पटक–पटक स्थायी कमिटी बैठक बोलाउने र स्थगित गर्ने भएपछि झन् दुई अध्यक्षबीच पानी बाराबारकै स्थिति सिर्जना भयो। 

कोरोना महामारीका बेला जनताको दैनिकीलाई प्राथमिकतामा नपारेको भन्दै आन्तरिक असन्तुष्टि व्यक्त हुन थालेपछि प्रधानमन्त्रीले पद जोगाउन र समवेदना बटुल्न भारतीय चलखेलमा आफ्नो राजीनामा मागिने तयारी भइरहेको कार्ड फाले। 

नक्सा प्रकाशनका कारण त्यतिबेला भारतसँग नेपालको वाकयुद्ध चलिरहेको थियो। त्यहीबेला भारतले राजीनामा मागेको प्रपञ्च चलाउन सके आफ्नो पद र अहिलेसम्म गर्न नसकेका कामको आलोचना पनि छोपिनेमा ओलीले राजीनामाको कार्ड फाले।

अध्यक्ष प्रचण्डले पार्टीको विधि र परामर्शबिना निर्णय गर्दै हिँड्ने अनि उल्टै बचाउका लागि राजीनामाको कुरा उठाएको भन्दै भारत नभई आफूले राजीनामा मागेको ठोकुवा गरिदिए। 

त्यसपछि स्थायी कमिटीमै राजीनामाको विषयले प्रवेश पाउने भेउ पाएका ओलीले बैठक नै बस्न दिएनन्। 

उपाध्यक्ष वामदेव गौतमले अन्त्यमा प्रधानमन्त्री ओलीलाई नै बनाउने तर, सरकारका निर्णय सबै पार्टीभित्र छलफल गरेपछि मात्र लिने प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीले स्थायी कमिटी नभई सचिवालय बैठक राख्ने मनसाय व्यक्त गरे। 

उपाध्यक्ष गौतम आफ्नो लाइनमा देखेपछि ओली सचिवालय बैठककै अडानमा देखिए भने प्रचण्ड स्थायी कमिटीको बैठकबाट निकास निकाल्नुपर्ने पक्षमा यथावत् रहे।

वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि प्रचण्डकै लाइनमा गएपछि केपी ओलीलाई स्थायी कमिटी बैठक बसाल्न अप्ठ्यारो परेको हो। 

विवाद चर्किँदै गर्दा प्रचण्ड, नेपाल, खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा निकटका पत्रकारसँग भेट गरेपछि बल्ल पार्टी फुटको संघारमा गएको निष्कर्ष नेकपा नेता तथा कार्यकर्ताले निकाले। 

त्यो भेटघाटपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख सल्लाहकार विष्णु रिमालले उक्त बसाइ पार्टी फुटाउने गठनबन्धन भएको संकेत गरे। 

लगभग पार्टी फुट्ने निश्चितजस्तै भएको अवस्था देखेपछि लामो प्रयासबाट एकता भए पनि त्यसले पूर्णता नपाउँदै फुट्न लागेको भन्दै दोस्रो तहका नेताहरू बचाउमा उत्रिए। 

आइतबार नेकपाका ६१ जना संघीय सांसदले संयुक्त रूपमा पार्टी एकताको पक्षमा पत्रकार सम्मेलन गरी ध्यानाकर्षण पत्र बुझाएका छन्। 

ध्यानाकर्षणपछि सन्नाटा

करिब दुई साता सामाजिक सञ्जालदेखि विभिन्न सभामा एकअर्काबीच आरोप–प्रत्यारोप लगाउनमा व्यस्त नेकपाका मुख्य नेतृत्व चार दिनदेखि तल्लो तहदेखि माथिल्लो तहका नेताहरू चुपचाप छन्। टिम ६१ ले ध्यानाकर्षणसहित पार्टी फुट्ने अवस्थामा पुगेपछि हस्तक्षेप पनि गर्ने चेतावनी दिएपछि लामो समयदेखि चलेको आरोप–प्रत्यारोपको लहर चार दिनदेखि बन्द छ। 

ध्यानाकर्षण पत्र बुझाएको भोलिपल्टै प्रवक्ता श्रेष्ठले भित्र एउटा कुरा गर्ने तर बाहिर अर्कै व्यवहार देखाउने परिपाटीले पार्टी सकिने भएकाले छलफलबाट निकास खोजिनुपर्ने विचार व्यक्त गरेका थिए। त्यसयता दुवै पक्षधरका नेताहरूले पार्टीको विवादलक्षित गरी कुनै पनि प्रकारका टिप्पणी सामाजिक सञ्जालमा गरेका छैनन्। 

सुरक्षाकर्मीलाई कोरोना देखिएपछि अहिले अध्यक्ष प्रचण्ड पनि सेल्फ क्वारेन्टाइनमै छन्। त्यसकारण पनि अहिले बाहिर भेटघाटको माहोल मिलेको छैन। अर्कोतर्फ सामाजिक सञ्जालमा सत्तोसराप गर्ने नेताहरू पनि ध्यानाकर्षणपछि निस्क्रिय बनेका छन्। 

टिम ६१ भने आफूहरूको ध्यानाकर्षणले काम गर्नेमा विश्वस्त छ। एकतर्फी रूपमा हेर्दा अहिले सबै नेताहरू चुपचाप हुनुले पनि टिम ६१ ले पठाएको ध्यानाकर्षण पत्रले काम गरेको हो कि भन्ने पनि बुझ्न सकिन्छ।

तर, बाेली बाराबारसम्मको अवस्थामा पुगेको सम्बन्ध यही ध्यानाकर्षणले मात्रै सुधार हुन्छ भन्नेमा विश्वास गर्न पनि मुस्किलै छ। जेहोस्, यो सन्नाटापछि पार्टी एकीकरणको प्रक्रियाले पूर्णता पाउनेमा नेकपा नेता तथा कार्यकर्ताहरू विश्वस्त देखिन्छन्। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सकियो देउवा–प्रचण्ड वार्ता

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचका भेटवार्ता सकिएको छ। दुवै शीर्ष नेताबीच

खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ। योसँगै अरूलाई सर्न सक्ने संक्रामक भाइरसको संख्यामा पनि कमी आउन

सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना नगरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा यस्तो पाइएको

महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेकाे छ। पार्टी कार्यालयमा जम्मा भएका एक