पुराना गाडी व्यवस्थापन कार्ययोजना पेश गर्न सरकारलाई सर्वोच्चको आदेश 


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


सर्वोच्च अदालतले पुराना थन्काएर नयाँ गाडी किन्ने प्रवृत्ति रोक्न माग गर्दै दायर भएको रिटमा ६ महिनाभित्र कार्ययोजना पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ। 

न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको साउन २६ गतेको संयुक्त इजलाशले ‘पूराना सवारीसाधन व्यवस्थापन सम्बन्धिको प्रस्ताव र कार्ययोजना ६ महिनाभित्र अदालतमा पेश गर्न परमादेश जारी गरेको हो।

त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन गर्न भनिएको छ। 

जसमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महालेखा परीक्षकको कार्यालय र रिट दायरकर्ताका तर्फबाट प्रतिनिधि रहनेछन्। 

र, प्रतिवेदन प्राप्त भएको ३० दिनभित्र सुनाइका लागि पेशी चढाउन पनि अदालतले भनेको छ। 

सरकारी निकायले पूराना गाडी थन्काएर नयाँ गाडी किन्ने गरेको तर पुराना गाडीको व्यवस्थान नगर्दा राज्यकोषमा भार परेको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न