सरकारको अनुमानभन्दा धेरै नेपाली फर्किए, अझै ३९ हजार आउन आतुर 


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


कोरोना भाइरसका कारण सिर्जित संकटका कारण समस्यामा परेका करीब ५० हजार नेपाली स्वदेश फर्किएका छन्।

सरकारले जेठ २३ गतेबाट चार्टर्ड बिमानमार्फत् उद्धार थालेकामा मंगलबारसम्म विभिन्न देशबाट ४९ हजार ८ सय ३१ नेपाली स्वदेश फर्किएका छन्।

तर, यो संख्या सरकारी निकायले अनुमान गरेभन्दा निकै बढी हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँका अनुसार उद्धार थाल्दा सुरुमा विभिन्न देशमा रहेका नेपाली दुतावास र कुटनीतिक नियोगमार्फत २४ हजारको सूची प्राप्त भएको थियो। 

साउन सकिँदै लाग्दा नेपाल फर्कन चाहने नेपालीको संख्या ८९ हजार पुगेको छ। जसमध्ये मंगलबारसम्म ५८ मुलुकबाट ४९ हजार ८ सय ३१ जनालाई उद्धार गरेर ल्याइएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले जनाएको छ।

सचिव गुरागाईँका अनुसार स्वदेश फर्कन चाहनेमा प्रायः जसो आममाफी पाएका, भिसाको समयावधि गुज्रिएका तथा रोजगारी गुमाएकाहरू रहेका छन्। 

‘कोरोनाको संकट लम्बिँदै जाँदा स्वदेश फर्कन चाहने नेपालीको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘कार्यरत मुलुकमा संक्रमण कम भएमा स्वदेश फर्कन चाहेनेको संख्या थामिएला। तर, संक्रमण बढ्दै गयो, कम्पनी नै बन्द भएर रोजगारी गुम्न थाल्यो भने अझ थपिन सक्छन्।

पछिल्लो पटक खाडी मुलुकमा रहेका नेपालीहरू स्वदेश फर्कन थालेका हुन्। सिसिएमसीको तथ्यांक अनुसार यो अवधिमा सबैभन्दा बढी युएईबाट १३ हजार ७ सय ८३ जना फर्किएका छन्। त्यसैगरी, बढी नेपाली फर्कनेमा कतारबाट ५ हजार ३ सय २३, साउदी अरबबाट ७ हजार ८ सय १७, मलेसियाबाट ७ हजार ६ सय ६ जना रहेका छन्।

सोमबार मात्र कतारबाट ३ सय, मलेसियाबाट १ सय ५६ र  दुबईबाट ३ सय ९३ गरी ८ सय ४९ जना स्वदेश फर्किएका छन्।

स्वदेश फकर्ने नेपालीको संख्या बढ्न थालेपछि सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘जो अलपत्र हुनुहुन्छ। उद्धार गरेर ल्याउनुपर्ने छ उहाँहरुलाई सरकारले ल्याउनु पर्छ। तर, जो केही समय त्यहाँ बस्दा पनि सुरक्षितै हुनुहुन्छ र अलपत्रको स्थितिमा हुनुहुन्न भने स्थिति सहज भएपछि ल्याउनुपर्ने गरी हामी छलफलमा छौं।’ 

विदेशबाट फर्किएकालाई काठमाडौंमै क्वारेन्टाइनमा राखिने

सरकारले विदेशबाट फर्किएका नेपालीलाई काठमाडौं उपत्यकामै क्वारेन्टाइनमा राख्ने भएको छ।

यसअघि विदेशबाट उद्धार गरी ल्याइएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होल्डिङ सेन्टरमा लगी व्यक्तिगत विवरण र स्वास्थ्य परीक्षण गरी सम्बन्धित प्रदेशको रोहबरमा पठाइने गरिएको थियो।

तर, काठमाडौं उपत्यकासहित मुलुकका धेरै जिल्लामा संक्रमितको संख्या बढिरहेको र विदेशबाट आएका नेपालीमा समेत यसअघि नै संक्रमण रहेको हुनसक्ने भएकाले अब काठमाडौंमै क्वारेन्टाइनमा राख्ने निर्णय मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको हो।

हाल विदेशबाट आएका नेपालीलाई काठमार्डौंमा व्यवस्थापनका जिम्मा नेपाली सेनाको उपत्यका पृतनाले लिएको छ। नेपाली सेनाले तयार गरेको गाडीमा विमानस्थलबाट उनीहरूलाई होल्डिङ सेन्टरमा लगिन्छ। 

काठमाडौं उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनधिहरूको संस्था उपत्यका नगरपालिका फोरमले पनि तेस्रो मुलुकबाट फर्कने नेपालीको संख्या बढ्न सक्ने भन्दै संघीय सरकारको पहलमा स्थानीय तहले व्यवस्थापन गर्ने गरी क्वारेन्टाइन बनाउनुपर्ने निष्कर्ष निकालेको थियो।

यसैगरी,अब विदेशबाट दैनिक ५ सय जनाको मात्र उद्धार गरिने छ।

विदेशबाट चैत–वैशाखमा पनि नेपाली फर्किएका हुन्। तर, उनीहरू सम्बन्धित देशबाटै विमानको व्यवस्था भएर फर्किएका थिए।

जेठमा सरकारले विदेशबाट नेपाल फर्कन चाहने नेपालीहरूको सूची तयार गरेको थियो। 

मन्त्रिपरिषद्को जेठ ४ गतेको निर्णय र सिसिएमसीको जेठ १६ गतेको निर्णय अनुसार नेपालबाट चार्टर्ड विमान पठाएर नेपालीको उद्धार गरिँदै आएको छ। यद्यपि, स्वदेश फर्किँदाको लागत भने सम्बन्धित व्यक्तिले नै व्यहोर्दै आएका छन्।

विदेशबाट आउने नेपालीले विमान चढ्नुअघि कोरोना भाइरसका परीक्षण गरेको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ।  विदेशबाट फर्कन चाहने नेपालीको सूची बनाउने कामको संयोजन परराष्ट्र मन्त्रालयले गरेको हो। स्वदेश फर्कन चाहनेको सूची संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा छ।

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख