बंगालमा तृणमूललाई दुई तिहाई, ममता आफैंचाहिँ हारिन्


विचार
आयोमेल संवाददाता
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको

आयोमेल संवाददाता
हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको

आयोमेल संवाददाता
भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका


तृणमूल कांग्रेस अध्यक्ष ममता बनर्जीले आफ्नो पार्टीलाई गएको तीन दशककै सबैभन्दा शानदार विजय दिलाउँदै पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा)को कब्जा प्रयासलाई धुलिसात तुल्याएकी छिन्।

केन्द्रीय सत्तामा लगातार दुई कार्यकाल बसिसकेको भाजपाले यस पटक बंगालमा तृणमूललाई पल्टाउन भएभरको बल लगाएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य वरिष्ठ नेताहरुले आफैं खटेर व्यापक प्रचार गरेका थिए।

तर तृणमूलले खसेको कुल मतमध्ये एक्लै ४८ प्रतिशत हात पार्न सफल भइसकेको छ। ‘दिदी’ भनेर चिनिने ममताको दलका लागि यो लगातार तेस्रो जनादेश हो र पछिल्लो पटकभन्दा ४ प्रतिशत बढी मतसहित यसपल्ट दुई तिहाईकै विजय मिलेको हो।

संयोगवश, ममता आफैंचाहिँ नन्दीग्राम निर्वाचन क्षेत्रबाट करीब २ हजार मतले भाजपाका सुभेन्दु अधिकारीसँग पराजित भएकी छिन्। उनले यस घटनामाथि तेस्रो पक्षबाट छानबीन हुनुपर्ने माग निर्वाचन आयोगसमक्ष राखेकी छिन्। विजेता अधिकारी नेतृ बेनर्जीसँगै बंगालको राजनीतिमा उदाएका र लामो समय तृणमूलकै एक वरिष्ठ नेताका रुपमा राजनीतिक वृत्ति भोगेका लोकप्रिय पात्र हुन्।

बेनर्जीसँग अधिकारीको परिवार भित्रभित्रै असन्तुष्ट रहँदै आएको पृष्ठभूमिमा भाजपाले गएको डिसेम्बरमा उनलाई पार्टी प्रवेश गराएको हो।

चुनावी प्रचार दौरान सुभेन्दुले ममतालाई ‘बेगम’को संज्ञा दिंदै उनका कारण बंगाल ‘दोस्रो पाकिस्तान’ बन्न पुगेको आरोप लगाएका थिए।

लोकप्रियताका हिसावले भाजपाले यस पटक बंगालमा कुनै जादु चलाउन सकेन। बंगालीहरुले ममतालाई नै पत्याए। बंगाली पहिचानको मुद्दालाई घन्काएकी ममताका अगाडि भाजपाको धुव्रीकरण केन्द्रित राजनीतिले वहिष्कार हासिल गर्‍यो।

तृणमूलको यो विजयलाई ममता सरकारको सामाजिक सुरक्षा नीतिसँग जोडेर हेरिएको छ। आलोचकहरुले यो नीतिलाई ‘पपुलिष्ट’ भने पनि मोदी सत्ताले जनपक्षीय मुद्दामा गरिरहेको कमजोरी यो चुनावबाट अझ बढी उजेलिएको विश्लेषण गरिदैँछ। भाजपाले पछिल्ला वर्ष देखाएको मुश्लिम समुदायप्रतिको असहिष्णुताले बंगालका करीब ८० सिटमा नराम्रोसँग प्रभाव पारेको देखिन्छ।

चुनाव हारे पनि फेरि मुख्यमन्त्री
ममता बनर्जी नै बंगालको फेरि मुख्यमन्त्री बन्ने देखिएको छ। मुख्यमन्त्रीका रुपमा दोस्रो कुनै अनुहार अहिलेसम्म सतहमा नल्याइएकोमा उनी नै ६ महिनाभित्र उपचुनाव लडेर फेरि संसद फर्कने गरी अहिले मुख्यमन्त्री बन्ने प्रवल सम्भावना छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा

हेलम्बु पुगेर मन्त्री तामाङले भने–तटीय बजारको सुरक्षा गर्न तटबन्ध निर्माण…

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले जोखिमपूर्ण अवस्थामा रहेका सिन्धुपाल्चोकका तटीय क्षेत्रका बजारहरुको सुरक्षाका लागि तटबन्ध निर्माण र खोला डाइभर्ट गर्ने योजना सरकारले

भग्नावशेषमा सामानकाे खाेजी [फोटोकथा]

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ७ को चनौटे बजार सिन्धुपाल्चोकको मुख्य बजारका रुपमा परिचित हुँदैथियो। साँझ पर्नेबित्तिकै झिलिमिली हुने यो बजार असार

देउवाको विश्लेषण : निधि मान्दैनन्

बुढानीलकण्ठस्थित आफ्नै निवासमा देउवाले तीन वटै प्रदेशका केन्द्रीय सदस्यहरूसँग एक साथ छलफल गरेका हुन्। छलफलका क्रममा उनले बढीभन्दा बढी महाधिवेशन