विश्वमा भारतमात्रै होइन कोरोना ‘हटस्पट’


विचार
आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत


एक वर्षअघि जतिबेला कोरोना भाइरस ‘कलिलै’ थियो। चीनको वुहान सहरबाट त्यो भाइरस बौरिँदै महामारीको रुप लिँदै गर्दा विश्व स्वास्थ्य संगठनले भनेको थियो–विश्वस्तरीय पहलबाट मात्रै यो महामारीबाट पार पाउन सकिन्छ।

गत वर्षको अप्रिलमा विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले भनेका थिए – ‘अब अगाडीको एकमात्रै बाटो भनेको विश्वस्तरीय एकता नै हो। राष्ट्रिय एकता अनि विश्वस्तरको एकता।’

र, वर्षका १२ महिनाहरू यसरी रफ्तारमा बिते कि अहिले आएर भारतमा यो महामारी एकदमै भयानक भइरहेको छ। अस्पतालमा अक्सिजन नपाउँदा संक्रमितहरूको मृत्यु भइरहेको छ। यो भयानकताको संकेत अनि चेतावनी दिँदा दिँदै पनि अवस्था यस्तोसम्म भइसक्यो।

तर, विश्वभरमा भारतमात्रै अहिले यो महामारीको ‘हटस्पट’ होइन। टर्कीमा पनि पहिलोपटक राष्ट्रिय स्तरमा लकडाउन भएको छ। युरोपमा पनि त्यत्तिकै मात्रामा संक्रमणको दर बढिरहेको छ।

बितेको साता इरानमा सबैभन्दा धेरै संक्रमितको मृत्यु भएको छ। त्यहाँका धेरै सहरहरू आंशिक लकडाउन गरिएको छ। इरानका राष्ट्रपति हसन रुहानीले देश कोरोनाको चौथो लहरले संकटग्रस्त भएको बताएका छन्।

दक्षिणी अमेरिकाको दृश्य उस्तै छ। ब्राजिलमा करिब ४ लाख मानिसको मृत्यु भइसकेको छ। जोन हप्किन्स विश्वविद्यालयको रेकर्डअनुसार विश्वभरि मृत्यु हुने मानिसको संख्या ३२ लाख नजिक पुगिसकेको छ।

केही देशहरूले ‘हट स्पट’हरूमा सहयोग पठाइरहेका छन्। भारतमा विश्वभरका देशहरूले अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटरलगात धेरै स्वास्थ्य सामग्रीहरू सहयोग पठाएका छन्। तर पनि विश्व स्वास्थ्य संगठनले अघिल्लो वर्ष र अहिले पनि दोहोर्‌याइरहेको ‘वैश्विक एकता’ अझै समन्वयकारी ढंगले हुन सकेको छ।

केही पश्चिमा राष्ट्रहरू केही सातादेखि ‘सामान्य’ जीवनमा फर्किएको जस्ता भएका छन्। तर पनि समग्र विश्वचित्र अहिले भने भयानक छ। विश्व स्वास्थ्य संगठनले विश्वभर भाइरसको संक्रमण अझै उच्च हुने चेतावनी दिइरहेको छ।

‘यसअघिका पाँच महिना करिबकरिब त्यस्तै देखिएको थियो। तर अहिले फेरि संक्रमणले उच्च हुने संकेत गरिरहेको छ’ टेड्रोसले भनेका छन्।
विश्वका न्यून आय भएका तथा गरिब देशहरूलाई कोरोना खोपको वितरणलाई समानुपातिक बनाउने पहल गर्दै थालेको कोभ्याक्सको अभियानले महामारीलाई केही नियन्त्रण गर्न सक्छ भन्ने आशा पनि छ।

तर विश्वमा सबैभन्दा धेरै उत्पादन क्षमता राख्ने भारतमै अहिले भ्याक्सिनको अभाव छ। कोभ्याक्सले अरु देशलाई बाँड्नका लागि सबैभन्दा धेरै भ्याक्सिनको आशा भारतबाटै गरेको थियो।

कच्चा पदार्थको अभावका कारण खोप उत्पादन गर्न नसकेको भारतले सुरुमै विश्वका धेरै देशलाई बाँडेर बचेको भ्याक्सिन अब आफ्नै देशका नागरिकलाई लगाउन प्राथमिकता दिने भएको छ।

डरलाग्दो असमानता
यही समयमा केही पश्चिमा देशहरूले भ्याक्सिन थुपारेर राखिरहेका छन्। अमेरिका, क्यानडा तथा बेलायतसहितका केही देशहरूले आफूलाई आवश्यक पर्ने भन्दा पनि धेरै डोज भ्याक्सिन कम्पनीमा निर्माता कम्पनीहरूमै ‘रिजर्भ’ राखिरहेका छन्।

बेलायतका स्वास्थ्य सचिव माट हान्ककल गत साता आफ्नो देशमा खोप संग्रह नगरिएको दाबी गरेका थिए। बेलायतले लगभग आफ्ना देशका स्वस्थ नागरिकलाई खोप दिइसकेको छ। र बृद्ध नागरिकलाई पनि लगभग एक डोज खोप दिइसकेको छ। र, उनले भनेका थिए – अहिले हामीसँग भारतलाई दिनका लागि खोप छैन। अब यहाँ बचेको खोपमात्रै हामीले आवश्यक परेमा बाँड्न सक्छौं।

‘सेरम इन्स्टिच्युटले कुनै एकल कम्पनीले भन्दा धेरै खोप आफै एक्लैले उत्पादन गर्नसक्छ र त्यो भारतीय नागरिकका लागि प्रशस्त पनि हुन्छ’ उनले भनेका थिए – हामीले सेरम इन्स्टिच्युटलाई बेलायती प्रविधिमा आधारित भ्याक्सिन उत्पादन गर्न अनुमति दिएका छौं। अहिलेको अवस्थामा भारतलाई हामीले गर्नुपर्ने यो भन्दा ठूलो योगदान अरु हुनसक्दैन।’

भारतको सेरम इन्स्टिच्युट विश्वकै ठूलो खोप निर्माता कम्पनी हो। उसले बेलायतको अक्सफोर्ड युनिभर्सिटी अन्तर्गत एस्ट्राजेनेकासँग मिलेर कोरोनाविरुद्ध कोभिसिल्ड खोप बनाएको छ।

अमेरिकाले १६ वर्षदेखि माथिका आफ्ना करिब ३० प्रतिशत नागरिकलाई भ्याक्सिन लगाइसकेको छ।

अमेरिकाले कोरोनविरुद्ध ३ वटा खोप उत्पादन गरेको छ। तीमध्य अहिले सबैभन्दा धेरै फाइजर र बायोएनटेक कम्पनीले बनाएको भ्याक्सिन प्रयोगमा आइरहेको छ। त्यस्तै मोडेर्नाको भ्याक्सिनले पनि आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेको छ भने जोन्सन एन्ड जोन्सन खोप पनि तयार भइसकेको छ।

र, पनि अमेरिकाले एस्ट्रानेकेकासँग ६ करोड डोज खोप अझै ‘रिजर्भ’ गरेर राखेको छ।

इजरेलले आफ्ना आधाभन्दा धेरै नागरिकलाई पूर्णखोप लगाइसकेको छ। र, अहिले इजरेलका धेरैजसो प्रतिवन्धहरू खुकुला भइरहेका छन्। मानिस बिनामास्क पनि हिँड्न थालेका छन्।

विश्व स्वास्थ्य संगठनका अनुसार ७ अर्ब डोज भ्याक्सिनमध्ये गरिव तथा न्यून आय भएका देशहरूमा ०.२ प्रतिशत डोजमात्रै खोप पुगेको छ भने धनी देशहरूमा ८७ प्रतिशत डोजसम्म छ।

गरिब देशका ५०० मानिसले मात्रै खोप लगाउँदा धनी देशका ४ जनामध्ये एकजनाले पूर्ण खोप लगाइसकेका छन्।

‘महामारीविरुद्ध एक भएर लड्नुपर्ने बेलामा विश्वमा देखिएको यो एउटा डरलाग्दो अमसमानता हो’ टेड्रोसले भनेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न