शंकर पोखरेल बहुमत कि अल्पमतका मुख्यमन्त्री ?


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


अविश्वास प्रस्ताव छल्न आइतबार विहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका शंकर पोखरेल आइतबार दिउँसो नै मुख्यमन्त्रीमा पुनःनियुक्त भए। र, उनको पुनःनियुक्ति नेपालको संविधानको धारा १६८(१) अनुसार भएको प्रदेश प्रमुखको कार्यालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

तर पोखरेल मुख्यमन्त्रीमा पुनःनियुक्ति हुँदाको अंकगणितले भने उनलाई उपधारा १ होइन, उपधारा ३ अनुसारका मुख्यमन्त्रीमात्र बन्ने छुट दिएको संविधानविद्को तर्क छ। ‘एमालेको अहिलेको सिट हेर्दा अल्पमतको मुख्यमन्त्री सरकार मात्र बन्न सक्छ, ८७ सदस्यीय प्रदेशसभा अहिले ८१ सदस्यीय छ । यस्तोमा बहुमत प्राप्त दल हुन त ४१ मत चाहिन्छ, त्यसैले अहिले जसरी उपधारा १ अनुसार मुख्यमन्त्री बनेको भनिएको छ, त्यो बलमिच्याइँ हो,’ संविधानविद् चन्द्रकान्त ज्ञवालीले भने,‘प्रदेश प्रमुखको पनि यसमा भूमिका राम्रोे भएन, अल्पमत हुँदा हुँदै कसरी बहुमतको मुख्यमन्त्री नियुक्त गरेर सपथ खुवाइयो ?’

ज्ञवालीका अनुसार संसदीय प्रक्रिया छलेर सत्ता टिकाउन लागेका पोखरेलले संविधानमाथि नै जालझेल गरे, जसमा प्रदेश प्रमुखको पनि साथ रहन गयो । ‘पहिलो काम त संसदीय व्यवस्थामा अविश्वास प्रस्ताव दर्ता भएपछि त्यसलाई सामना गर्नुपर्थ्याे, किनकि विशेष अधिवेशन त्यसैका लागि बोलाइएको थियोे, तर उहाँले संसदलाई टेर्नु भएन, बरु सरकार नै भंग गर्नुभयो, जुन हुनबाट रोक्नसक्ने प्रदेश प्रमुखबाट पनि त्यसो भएन,’ ज्ञवालीले भने।

संवैधानिक व्यवस्था अनुसार कुनै पनि दलको स्पष्ट बहुमत नभए प्रदेश प्रमुले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्छ । तर, लुम्बिनीका हकमा त्यो भएन।

‘नयाँ सरकार बनाउँदा दलहरुलाई आह्वान गर्नुपर्छ त्यो पनि गरिएन, अनि अन्य दलले पनि त दाबी गर्नसक्ने अवस्था थियो, किनकि अन्य दलसँग पनि ४० मत छ, उनीहरु मिलेर संयुक्त सरकार बनाउन सक्थे, तर ती विकल्पलाई कुल्चेर मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरियो, जुन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिको हो,’ संविधानविद् ज्ञवालीले भने ।

ज्ञवालीका अनुसार अल्पमतको सरकार बन्न पनि उपधारा २ बमोजिमको संयुक्त सरकार बन्न नसकेमात्र मार्ग खुल्छ। तर त्यसका लागि पनि संविधानमा भएका प्रक्रिया पूरा भने गर्नुपर्छ।

जस्तो, यसअघि माओवादीको समर्थनमा उपाधारा २ अनुसार मुख्यमन्त्री बनेका पोखरेलले यदि अब एमालेकै सरकार बनाउने हो भने उनीसँग स्पष्ट बहुमत हुन आवश्यक छ।

उपधारा १ बमोजिम मुख्यमन्त्री हुन अहिले ८१ सदस्यीय प्रदेशसभामा एमालेको ४१ मत हुनुपर्छ । तर एमालेसँग पोखरेल मुख्यमन्त्रीमा पुनःनियुक्ति हुँदाको समयमा ४० मात्र सांसद थिए । किनकि, साविकको नेकपाबाट उपचुनाव जितेकी विमला वलीले माओवादी केन्द्र रोजिन् ।

यद्यपि उनले माओवादी रोजेको पत्र प्रदेशसभामा पुगेको छैन । त्यसैले केहीले पोखरेलसँग मुख्यमन्त्री हुँदाको समयमा ४१ मत नै रहेको बताइरहेका छन्।

अझ रोचक त के भने मुख्यमन्त्रीमा पुनःनियुक्त भएका पोखरेलले शपथ लिनुअगावै एमालेको मत ४०बाट ३७ मा झरेको छ। एमालेका एक सांसदले राजीनामा दिएका छन् भने २ जना स्वतन्त्र सांसदले विपक्षी गठबन्धन रोजेका छन्।

अर्थात् अहिले एमाले अल्पमतमा छ। र, अल्पमतको एमालेको बहुमतको सरकार कसरी हुन्छ भन्ने प्रश्न यतिबेला सर्वत्र छ।
र यो विषय अदालतसम्म पुग्नसक्ने कानूनविद्को तर्क छ ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको