पार्टीको किचलोले सरकार झन असफल, महामारी प्राथमिकतामै परेन 


विचार
आयाेमेल संवाददाता
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति

आयाेमेल संवाददाता
फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो :…

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र

आयोमेल संवाददाता
भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक


कोरोना महामारीले विश्वअर्थतन्त्र नराम्रोसँग थला पारेको छ। नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा यसको प्रभाव नहुने कुरै भएन। चैत ११ देखि ‘लकडाउन’ भएपछि साउन ६ सम्म सबै क्षेत्र ठप्प बन्यो। 

केही थोरै भएको व्यापार–व्यवसाय पनि अस्तव्यस्त नै बनेको छ। हजारौंले रोजगारी गुमाएका छन्। जीवनभर कमाएर कर तिरेका नागरिकले यस्तो अवस्थामा दुईतिहाइ बहुमतको सरकारले हेर्ला भन्ने अपेक्षा गरेका थिए। तर, अवस्था ठ्याक्कै उल्टो भयो। नागरिकलाई लकडाउनमा राखेर राज्यका संयन्त्र परिचालित हुनुपर्ने अवस्थामा भोक र प्यासले छटपटिँदै नागरिक सडकमा निस्कन बाध्य भए।

अहिलेको अवस्थामा नागरिको जीवन रक्षा, कोरोना नियन्त्रणका लागि गर्नुपर्ने अत्यावश्यक काम, बाढीपहिरो पीडितको उद्धार, अन्तर्राष्ट्रिय कुटनीतिमा एकरूपतालगायत थाँती राखेर सत्तारुढ नेकपा आन्तरिक किचलोबाट बाहिर निस्कन सकेको छैन। 

सत्तारुढभित्र देखिएको आन्तरिक विवादका कारण सरकारको नीतिमा सिधै असर परेको विश्लेषकहरु बताउँछन्। महामारीको अवस्थामा गर्नुपर्ने कामहरुलाई लत्याएर पदका लागि लडाईँ गर्नुले पनि सरकार नागरिकप्रति वफादार छैन भन्ने पुष्टि हुने बताउँछन्, राजनीतिक विश्लेषक डा. सूर्यराज आचार्य। 

‘यतिबेला कोरोनाको सबैतिर प्रभाव परेको छ, स्वभाविक रुपमा दुई तिहाइको सरकारले कोरोनाले प्रभाव परेका सबै क्षेत्रको व्यवस्थापन र अर्थतन्त्र चलायमान बनाउन सुरक्षित उपाय अपनाउनुपर्ने हो,’ आयोमेलसँग कुरा गर्दै आचार्यले भने, ‘तर, यहाँ त सत्तामा हुनेले यस्तो कुरालाई प्रथामिकतामा नराखेको स्पष्ट देखिन्छ। यो निकै गम्भीर कुरा हो।’

स्वभाविक रुपमा सत्तारुढभित्रको विवाद वा मिलनले सरकारका हरेक नीतिलाई प्रभावित पार्ने भएकाले अहिले जे जति अप्ठ्याराहरु सरकारले सल्टाउन सकेको छैन ती सबै पार्टीभित्रको किचलोकै प्रभाव भएको आचार्य दाबी गर्छन्। 

‘यतिबेला त सम्पूर्ण राज्य संयन्त्रहरु परिचालन भएर स्थिति सामान्य पार्न तल्लीन हुनुपर्ने हो, विडम्बना माथिल्लो तहमा हुनेहरु कुर्सी जोगाउने र कुर्सी हात पार्ने ध्याउन्नमै देखिन्छन्। चरम लापरबाही भएको छ,’ उनले भने, ‘अझै पनि सत्तारुढभित्रको किचलोको समाधान खोजिएन भने, सरकारका हरेक कार्यक्रम र नीतिमा निश्चित रुपमा नकारात्मक प्रभाव पार्छ नै, त्यसबाट उत्पन्न स्थितिलाई सामान्य अवस्थामा ल्याउन निकै समय लाग्नेछ।’ 

उनले अहिले सरकारका कार्यक्रम, विदेश नीतिलगायतका विषयहरु सत्तारुढभित्रका गुटगत शक्तिका आधारमा सञ्चालित भइरहेको र यो निकै दुर्भाग्यपूर्ण रहेको बताए। 

नयाँ नक्सा जारी भएपछि भारतसँग उत्पन्न विवाद समाधानभन्दा पनि त्यसपछि प्रधानमन्त्रीले रामको जन्मभूमि भारतको अयोध्या नभई नेपालको ठोरीमा भएको भन्ने अभिव्यक्तिले उग्र भएको छ।

पार्टीभित्र यस्ता विषयमा सामूहिक छलफल नै नभइ एकल निर्णयले दिइने अभिव्यक्तिले अहिले नेपालको परराष्ट्र नीति पनि कमजोर बन्दै गएको छ। 

सरकारका कार्यक्रम, नीति तथा निर्णय कार्यान्वयनमा सत्तारुढको मुख्य भूमिका रहन्छ। 

तर, नेतृत्वको ध्यान सामाजिक आवश्यकताभन्दा पनि व्यक्तिगत स्वार्थ पूर्तिमा गएपछि त्यसको मूल्य समग्र मुलुकले चुकाउनुपरिरहेको राजनीतिक विश्लेषक स्वर्णिम वाग्ले बताउँछन्। 

‘नेतृत्वको ध्यान जानुपर्ने विषयमा नजाँदा त्यसको मूल्य समग्र मुलुक र जनताले चुकाउनुपरेको छ, समग्र अर्थतन्त्र धरासायी बन्दै गएको छ, कोरोनाको अवस्था भयावह बन्दैछ, नागरिकले लामो समयदेखि काममा निस्कन नपाउँदा भोकै मर्नुपर्ने अवस्था सिर्जना हुँदैछ, अस्पताल चहार्दा चहार्दै नागरिक उपचार नपाएरै ज्यान गुमाइरहेका छन्,’ उनले भने, ‘यस्ता विषयमा सरकारको ध्यान केन्द्रित गराउने सत्तारुढ पार्टीले नै हो, तर अहिले ऊ आफैं पद र प्रतिष्ठाको लडाईँमा फसेको छ, यस्तै अवस्था रहिरहे मुलुकले ठूलो मूल्य चुकाउनुपर्नेछ।’

नेतृत्वमा अपरिपक्वता आउँदा अहिले नागरिकको रक्षा र देशको अर्थतन्त्र जोगाउने कार्यमा सरकार असफल देखिएको उनको बुझाइ छ। 

‘कोरोना नियन्त्रणमै पनि सरकारले समयमै कदम चाल्न सकेन, जतिबेला एक्सनमा उत्रनुपर्नेथियो, त्यतिबेलै सुरु भएको पार्टीको आन्तरिक द्वन्द्वमा सरकार पनि फस्यो,’ उनले भने, ‘१० करोड जनसंख्या भएको भियतनाम मोडेलमा हामी जान सकेको भए, अहिले यो भयावह स्थितिको सपना गर्नुपर्ने थिएन।’

सत्तारुढको आन्तरिक विवादका कारण सरकारले लागू गर्ने हरेक कार्यक्रमलाई प्रभावित पारेको वाग्लेको भनाइ छ। सरकारले पनि पद र कुर्सी जोगाउनेभन्दा अरु महत्वपूर्ण विषयलाई प्राथमिकता राख्न नसक्दा अनाकहमा जनताले ज्यान गुमाउनुपर्ने अवस्था आएको उनले बताए। 

अझै पनि सरकारले प्राथमिकता के–के हुन् भन्ने कुरालाई मध्यनजर गर्नसके अहिलेको संकटबाट माथि उस्किन धेरै समय नलाग्ने अर्थशास्त्री विश्व पौडेल बताउँछन्। 

‘सत्तारुढको किचलोकै कारण सबै क्षेत्र प्रभावित भएको छ भन्ने म मान्दिन, तर केही क्षेत्रमा अवश्य परेको पनि छ, विवादले प्राथमिकता मोडियो। जस कारण हुनैपर्ने कामहरु हुन सकेनन्’, पौडेलले भने, ‘सरकारले कुन क्षेत्रमा कति नोक्सान भयो भन्ने कुरालाई अध्ययन गरी, विशिष्ट कार्यक्रमहरु लागू गर्नसके अहिलेको अर्थतन्त्र माथि उकास्न खासै समय लाग्दैन।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको

भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक सरकारी अस्पतालमा आफ्नी छोरीलाई कोरोना परीक्षण गराउन पुगेकी थिइन्। आफ्नो

आज रातो मच्छिन्द्रनाथको रथ तानिँदै

काठमाडौं – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ