कोरोना नियन्त्रणमा सेनाको सक्रियता


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


झापा–कोरोना सङ्क्रमणविरुद्ध सचेतना फैलाउन झापाका पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ।

मेचीनगर र भद्रपुर नगरपालिका तथा कचनकवल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाको चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजंग थापाले बताए। गत वर्षसमेत कोभिड–१९ को महामारी तीव्र गतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकवल गाउँपालिकामा परिचालन गरिएको थियो।

होल्डिङ सेन्टर बनाउँदै सेना
नेपाली सेनाले पूर्वी नाका काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न थालेको छ। श्रीनाथ गणबाट क्याप्टेन विजय निरौलाको कमाण्डमा रहेको टोलीले काँकडभिट्टा माविको खेलमैदानमा होल्डिङ सेन्टर निर्माण गरिरहेको छ।

मेचीनगरमा ३० शय्याको आइसोलेसन
कोरोना संक्रमण बढ्दै गएपछि मेचीनगरमा ३० शय्याको कोभिड आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ।

मेचीनगर ११ को धाइजन स्वास्थ्य चौकी भवनलाई कोभिड उपचार केन्द्रको रुपान्तरण गरिएको हो।कोरोनाको दोस्रो लहर तीव्र भएपछि कोभिड उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले जानकारी दिए।

यादवका अनुसार उक्त उपचार केन्द्रमा हाल एक जना एमबिबिएस चिकित्सकसहितको २४ सै घण्टा उपचार सेवा उपलब्ध छ।

सीमामा ४४ फरवार्ड पोष्ट
भारतसँग सीमाना जोडिएको १४४ दशमलव दुई किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ४४ वटा फरवार्ड पोस्ट स्थापना गरेको को छ । सशस्त्र प्रहरी बल २ नं गणका सूचना अधिकारी प्रेम भण्डारीका अनुसार सीमा सुरक्षा र अपराध नियन्त्रणका लागि गत वर्ष १३ वटा फरवार्ड पोस्ट स्थापना गरिएका थिए । यसपटक ३१ वटा पोस्ट सीमा क्षेत्रमा स्थापना गरिएको हो ।

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिन थालेपछि जथाभावी आवागमन हुन नदिन सशस्त्र प्रहरीले फरवार्ड पोस्ट स्थापना गरेको उनले जानकारी दिए । झापाका सीमावर्ती क्षेत्रमा हाल १८ वटा बोर्डर आउट पोस्ट छन् । सशस्त्र प्रहरीको परिचालन र पोस्टको बढोत्तरीपछि सीमा क्षेत्रमा नेपाली सुरक्षा व्यवस्था दह्रो भएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न